गाउँ घरमा चहल पहल , सदरमुकाम सुनसान
मुगु न्युज डट कम,
कार्तिक २७ मुगु------------
आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचन नजिकिदै गर्दा सदरमुकाम गमगढी बाहिरका क्षेत्रमा चुनावी चहल पहल बढेको छ भने सदरमुकाम गमगढी सुनसान भएको छ।
जिल्लाका ५६ वटा मतदान केन्द्र मध्य बुधवार सदरमुकाम बाहिरका ४१ वटा मतदान केन्द्रका लागि निर्वाचन टोली हिडेको छ । सदरमुकाम देखि तिन दिन सम्म समय लाग्ने भएकाले टाढाका मतदान केन्द्रमा निर्वाचन टोली खटाईएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
मतदान केन्द्रमा खटिएको टोलीले केन्द्रमा पुगेको दिन देखि नै मतदानका लागि स्थानीय राजनीतिक दल, मतदाता ,निर्वाचन शिक्षा कार्यकर्ता तथा स्वयम सेवकको समन्वयमा काम सुरु गर्ने जिल्ला निर्वाचन अधिकारी बावुराम घिमिरेले बताए । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी , कार्यालय सहयोगि गरेर मतदाताको संख्या हेरेर प्रति मतदान केन्द्रमा सात देखि एघार जना कर्मचारी खटिएका छन भने नेपाली सेना, सशस्त्र प्रहरी , नेपाल प्रहरी , राष्टिय अनुसन्धान र म्यादी प्रहरी समेत खटाईएको छ । निर्वाचन सुरक्षाको लागि छिमेकि जिल्ला हुम्ला र जुम्ला देखि समेत नेपाल प्रहरी मुगुमा खटिएको छ । जिल्लाको सुरक्षा संवेदनशिलता हेरेर दुई दिन अगाडी नै नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि बाहिरी घेरामा खटिई सेकेको छ ।

0 comments
बिचार लेख्नुहोस्..