मध्य पश्चिमका सुरक्षा प्रमुखद्धारा चुनावी सुरक्षा बारे निर्देशन
मुगु न्युज डट कम ,
कार्तिक २८ मुगु--------
आगामी मंसिर चार गते हुन लागेको संविधान सभा निर्वाचनका लागि जिल्लाको सुरक्षा अवस्था मजबुत बनाउन मध्य पश्चिमका सवै सुरक्षा प्रमुखहरुले निर्देशन दिएका छन ।
विहिबार नेपाली सेनाको हेलिकप्टरमा सदरमुकाम गमगढी आईपुगेका क्षेत्रिय प्रशासक ,नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी , राटिय अनुसन्धान का प्रमुखहरुले स्थानीय प्रशासन र सुरक्षा अंगका प्रमुखहरुलाई चुनावी सुरक्षालाई बलियो राख्न निर्देशन दिनुका साथै जिल्लाको सुरक्षा अबस्था बारे जानकारी लिएका थिए ।
प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख, अनुसन्धान अधिकृत , सशस्त्र प्रहरी , मुख्य निर्वाचन अधिकृत र नेपाली सेनाका प्रमुखहरुलाई सदरमुकाममा रहेको नेपाली सेनाको सुरक्षा बेस क्याम्पमा राखेर सुरक्षा अबस्था बारे जानकारी लिनुका साथै निर्देशन समेत दिएका हुन । सुरक्षा निकाय र स्थानीय प्रशासनका अधिकृतहरुको मात्र सहभागिता रहेको एक घण्टाको बसाईमा क्षेत्रिय प्रशासक ङईन्द्र प्रसाद उपाध्याय, नेपाली सेनाका उप रथि राजेन्द्र विक्रम शाह, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक ठाकुर मोहन श्रेष्ठ , नेपाल प्रहरीका नायब महानिरिक्षक राजेन्द्रसिंह भण्डारी , सशस्त्र प्रहरी नायब निरिक्षक प्रेम कुमार शाही, अनुसन्धान निर्देशक केश बहादुर सिंह, नेपाली सेनाका महासेनानी कुमार बाँनिया र उप प्रशासक अनुज भण्डारीले मुगुको भौगोलिक अवस्था , राजनीतिक दलहरु विचको सम्बन्ध र नेकपा माओवादीको अवस्था र गतिविधी बारे जानकारी लिएका थिए ।
एक घण्टासम्म सदरमुकाममा रहेको नेपाली सेनाको सुरक्षा बेश क्याम्पमा बसेको सुरक्षा अधिकारीहरुको टोली रारामा रहेको नेपाली सेनाको दुर्गा भन्जन गुल्मको निरिक्षण तथा निर्देशन दिएर हेलिकप्टरमा फर्केको थियो ।

0 comments
बिचार लेख्नुहोस्..