माथिल्ले डोल्पाका मतदान केन्द्रका कर्मचरी हेलिकप्टरमा ओसारिदै


पुष्प शाही ,
कार्तिक २८ डोल्पा-----------------
 आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनका लागि माथिल्लो डोल्पाका ६ वटा गाविसका १५ वटा मतदान केन्द्रमा खटिएका कर्मचारी , सुरक्षाकर्मिहरुलाई हेलिकप्टरबाट पु¥याउन थालिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
माथिल्लो डोल्पामा रहेका सालदाङ , भिजेर , छार्का, मुकोट, तिन्जे, र धो गाविसका लागि कायम गरिएका १५ वटा मतदान केन्द्र मध्य बुधवार र विहिबार गरेर श्री एयरको हेलिकप्टरबाट दश वटा मतदान केन्द्रमा निर्वाचका लागि कर्मचारी र सुरक्षाकर्मि पठाईएको मुख्य निर्वाचन अधिकृत नारायण  प्रसाद पौडेलले जानकारी दिए । हिमपातका कारण चिसो बढेसंगै कर्मचारीलाई मतदान केन्द्रमा पुग्न समस्या भए पछि हेलिकप्टर प्रयोग गर्नु परेको बताईएको छ ।
 यसै विच जिल्लाको माझपाल गाविसको वडा नम्बर ६ र७ दुरगाउँमा बुधवार राती एमाओवादीको वाइृसियलका कार्यकर्ताले एमालेनिकट कार्यकर्तालाई नियन्त्रणमा लिई कुटपिट गरेको एमालेका संगठित सदस्य धर्मलाल बुढाले बताए । एमाले उम्मेदवार धन बहादुर बुढाले मतदातालाई रुपैयाँ बाँडेको भन्दै कार्यकर्तालाई कुटपिट गरेको बताईएको छ । डोल्पामा एमाओवादीले रुकुम र जाजरकोटबाट ठुलो संख्यामा वाईसियल ल्याएको बताईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..