कांग्रेस र एमाओवादी विच झडप पाच जना घाईते
मुगु न्युज डट कम
जुम्ला मंसिर १,---------------
जिल्लाको पाण्डबगुफा गाविस वडा नं ७ र ८ मा नेपाली कांग्रेस र एमाओवादीका स्थानिय कार्यकर्ता विच झडप हुदाँ कार्तिक २९ गते पाच जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा नेपाली कांग्रेसका तिन जना र एमाओवादीका दुई जना रहेका छन् । एनेकपा माओवादीका स्थानिय कार्यकर्ता पाण्डबगुफा ७ सञ्ज्यालवाडाका गणेश सञ्ज्याल र पुनिमल वोगटी रहेको एमाओवादीका क्षेत्र नं ८ का इन्चार्ज राजजंग हमालले वताए ।
यता नेपाली कांग्रेसका पाण्डबगुफा ८ का स्थानिय कार्यकर्ता बलसिह भण्डारी,पदम भण्डारी र कप्तान भण्डारी घाईते भएका हुन् । दुवै पक्षका घाईतेलाई एउटै एम्वुलेन्समा जिल्ला सदरमुकाम ल्याउन लागिएको स्थानिय कार्यकर्ताले वताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालयले भने घटना सामान्य भएको भन्दै सुरक्षा कर्मी खटाएर अवस्था सामान्य वनाईएको जानकारी दिएको छ । तेरो पाटी र मेरो पाटी भन्ने सामान्य भनाभनलाई लिएर झडपको स्थिति सृजना भएको हो ।
0 comments
बिचार लेख्नुहोस्..