नेकपा माओबादीका केन्द्रिय सदस्य सहित पाँच पक्राउ
मुगु न्युज डट कम
मुगु,१ मसिंर, संबिधान सभा निर्बाचन बहिस्कारमा उत्रेका नेकपा माओबादीका एक केन्द्रिय सदस्य र चार राज्य समिति सदस्यले निर्बाचन बिरोधि गतिबिधी गरेको भन्दै सुरक्षाकर्मिले शनिवार पक्राउ गरेको छ ।
नेकपा माओबादीका केन्द्रिय सदस्य मंगल बहादुर शाही र जिल्ला कमिटि सदस्य एबं राज्य समिति सदस्य केबल बहादुरमल्ल,अमर बहादुर मल्ल, झिम बहादुर भण्डारी र नौला सिंह कामीलाई संबिधान सभा निर्बाचन बिरोधि गतिबिधीमा संलग्न भएको भन्दै सुरक्षा कर्मिले सदरमुकाम गमगढी देखि तिन घण्टा टाढा पर्ने रुगा गाबिसको बाँम गाउँबाट शनिबार दिउसो पक्राउ गरेको हो ।
सरकारले कर्णाली अञ्चलका कालिकोटलाई अति संवेदनशील र मुगु जिल्लालाई संबेदनशील क्षेत्रमा राखेपछी निर्बाचन बहिस्कारमा सक्रिय रुपमा लागि परेको नेकपा माओबादीले एक निर्बाचन क्षेत्र रहेको मुगुमा चुनाब बिरोधि गतिबिधी जिल्लाका २४ गाबिसमै संचालन गरेका भएपनी सुरक्षा निकायले निर्बाचन बिरोधि गतिबिधी निस्तेज पार्न बिभिन्न खाले सुरक्षा कार्ययोजना संचालन गरिरहेको छ । चिर्बाचन हुन तिन दिन बाँकि रहँदा नेकपा माओबादीका नेतालाई गिरपmतार गरेको छ ।
जिल्लाका ५६ मतदान केन्द्र मध्य सोरु भेगका फोतु गाबिसका नेहर , लिबु्र, जिमा गाबिसको बुम्च, गम भेगको बामा, रोवा गाबिसको सोभा र खत्याड भेगको जिउका मतदान केन्द्रमा माओबादीले पहिलो प्राथामिकतामा राखेर अबरोध पु¥यानका लागी जिल्ला भरका आफ्ना नेता कार्यक्रतालाई परिचालन गरेको हल्ला आएपछी सुरक्षा निकायले नेकपा माओबादीका केन्द्रिय सदस्य मंगल शाही र राज्य समिति सदस्य एबं जिल्ला सचिबालय सदस्यहरुलाई गिरफतार गरी अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको र चुनाब बिरोधि गतिबिधीमा संलग्न भए निर्बाचन कसुर र सजाय ऐन २०६३ अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । पक्राउ परेका माओवादी नेताहरुलाई प्रहरीले अनुसन्धान गरिरहेकोले प्रमाणका आधारमा सजाय व्यवस्था हुने तथा अनुसन्धानका क्रममा रहेकाले यो बिषयमा भन्न नमिल्ने प्रमुख जिल्ला अधिकारी बल भद्र गिरीले जानकारी दिए ।

0 comments
बिचार लेख्नुहोस्..