निर्वाचनका लागि तिन दर्जन पर्यवेक्षक खटाईयो


मुगु न्युज डट कम,
कार्तिक २९ मुगु-------------
 मंसिर चार गते हुन लागेको संविधान सभाको निर्वाचनको पर्यवेक्षणका लागि राष्टिय निर्वाचन पर्यवेक्षण समिति (नियोक ) मुगुले तिन दर्जन पर्यवेक्षण खटाएको छ ।
 शुक्रबार जिल्ला सदरमुकाम गमगढीमा निर्वाचन पर्यवेक्षण, पर्यवेक्षकको भुमिका, आचारसहिंताका विषयमा एक दिने अभिमुखिकरण गोष्ठी सञ्चालन गरि जिल्लाका ५६ मतदान केन्द्रका लागि ३६ जना पर्यवेक्षक खटाएको नियोकका मुगु सचिव विष्णुमाया भामले जानकारी दिईन । एक निर्वाचन क्षेत्रका लागि चालिस जना पर्यवेक्षक चाहिने भए पनि ३६ जनाको योग्यता पुगेकाले चार जना कम पर्यवेक्षक रहेको बताईएको छ ।
 निर्वाचनमा पर्यवेक्षक भएर जानेले आफुले मतदान गर्ने केन्द्रमा खटिन नपाईने हुँदा छिमेकि मतदान केन्द्र वा छिमेकि गाविसमा रहेका मतदान केन्द्रको मात्र पर्यवेक्षण गर्न पाउने जिल्ला निर्वाचन कार्यालय मुगुका जिल्ला निर्वाचन अधिकारी बावुराम घिमिरेले बताए ।

0 comments

बिचार लेख्नुहोस्..