मतदाता परिचय पत्र वितरण कार्य सुरु


मुगु न्युज डट कम,
कार्तिक २९ मुगु -------------
 आगामी मंसिर चार गते हुन लागेको संविधान सभाको निर्वाचनका लागि शुक्रबार देखि अस्थायी मतदाता परिचय पत्र वितरण सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
 २४ गाविसमा रहेका ५६ वटा मतदान केन्द्रहरुमा खटिएको निर्वाचन टोलीले मतदाताको अस्थायी परिचय पत्र वितरण कार्य सुरु गरेको हो । सवै मतदान केन्द्रमा शुक्रबार देखि सुरु भएको परिचय पत्र वितरण कार्य मंसिर दुई गते बेलुकिसम्म वितरण गरिने जिल्ला निर्वाचन अधिकारी बाबुराम घिमिरेले बताए ।
सुरुमा मतदाता शिक्षा स्वयम सेवक, निर्वाचन शिक्षा कार्यकर्ता र गाविस सचिवको समन्वयमा मतदाता परिचय पत्र वितरण गर्ने भनिए पनि सुरक्षा संवेदनशिलता र परिचय पत्र ढिलो जिल्लामा पुगेकाले सम्बन्धित मतदान केन्द्रमा खटिएका मतदान अधिकृतको टोलीले परिचय पत्र वितरण गर्नु परेको कार्यालयले जनाएको छ । सबै केन्द्रमा सुरक्षाकर्मि सहितको टोली पुगि सकेको कार्यालयले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..