मतगणना कार्य जारी,अहिलेसम्म एमाले अगाडी


मुगु न्युज डट कम
मंसिर ८ मुगु
 संविधान सभा निर्वाचनको मतगणना कार्य जारी रहेको छ । शुक्रबार राती एघार बजेबाट जिल्ला अदालतमा सुरु भएको मतगणनाको अहिलेसम्मको  परिणाम अनुसार नेकपा एमाले अगाडी देखिएको छ ।
सदरमुकामका पाँच गाविसबाट मत गणना सुरु गरिए अनुसार चार गाविसबाट नेकपा एमालेका मोहन बाँनियाले २०६४ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका ऐन बहादुर शाहीले १८८१ मत प्राप्त गरेका छन ।  रुगा,श्रीनगर, कार्कीवाडा र पिना गाविसको मतगणना सकिदासम्म एक सय त्रियासी मतको अन्तर रहेको छ ।  २ सय ४७ मत ल्याएर एमाओवादी  तेस्रोमा रहेको छ ।
 जिल्लाका २४ वटा गाविसमा २३ हजार ८ सय १८ मत मध्य १७ हजार ७ सय ८० मत खसेको थियो ।

0 comments

बिचार लेख्नुहोस्..