मतगणना कार्य जारी


मुगु न्युज डट कम
मंसिर ८ मुगु
 संविधान सभा निर्वाचनको मतगणना कार्य जारी रहेको छ । शुक्रबार राती एघार बजेबाट जिल्ला अदालतमा सुरु भएको मतगणनाको अहिलेसम्मको  परिणाम अनुसार नेकपा एमाले अगाडी देखिएको छ ।
सदरमुकामका पाँच गाविस र पुर्वि भेक करानका पाँच मध्य मुगु, किम्री र डोल्फु गाविसको मतगणना सकिएको छ ।  पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मोहन बाँनियाले २ हजार ९ सय ३२ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका ऐन बहादुर शाहीले २ हजार ५ सय ७९ मत प्राप्त गरेका छन ।  अहिलेसम्म मत अन्तर  ३ सय ५३ रहेको छ ।  २ सय ५०  मत ल्याएर एमाओवादी  तेस्रोमा रहेको छ । अहिलेसम्म २ सय ७१ मत बदर भएका छन ।
 जिल्लाका २४ वटा गाविसमा २३ हजार ८ सय १८ मत मध्य १७ हजार ७ सय ८० मत खसेको थियो ।

0 comments

बिचार लेख्नुहोस्..