विभिन्न कार्यक्रम सहित १६ दिने अभियान सुरु
मुगु न्युज डट कम,
मंसिर १० मुगु-------------
सोमबार देखि सुरु भएको महिला हिंसा विरुद्धको सोह्र दिने अभियानका क्रममा विभिन्न कार्यक्रम आयोजना गरि अभियानको थालनी गरिएको छ ।
सोमवार साँझ पाँच बजे जिल्ला अदालत अगाडीको चोकमा दिपावली गरेर अभियानको सुरु भएको छ । घर शान्ति नै विश्व शान्तिको आधार , दमनको प्रतिकार गरि महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ सुरु भएको अभियानका क्रममा बजार र गाउँमा समेत ¥याली निकालिएका छन । महिला तथा बालबालिका कार्यालयको समन्वय सोमवार विहान सदरमुकामसंग जोडिएको कार्कीबाडा गाविसमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक नामक स्थानीय संस्थाले गाविसका गाउँ बस्तीहरुमा महिला हिंसा विरुद्ध तथा छाउपडी प्रथा विरुद्ध जनचेतनामुलक ¥याली निकालेको छ भने १३ गते सदरमुकाम गमगढीमा जिल्ला स्तरिय खुला महिला देउडा गीत प्रतियोगिता आयोजना गर्ने सो संस्थाले जनाएको छ ।
महिला तथा बालबालिका कार्यालयको समन्वयमा किर्डाक मुगुले महिला हिंसा विरुद्धको सोह्र दिने क्रममा मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानका क्रममा जिल्लाका सवै गाविसहरुमा पारालिगल कमिटी , आमा समुह तथा गैर सरकारी संस्था मार्फत महिला हिंसा विरुद्ध विभिन्न कार्यक्रम आयोजना गर्ने महिला तथा बालबालिका कार्यालय मुगुले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..