विपद व्यवस्थापन सम्बन्धि तिन दिने अभिमुखिकरण सुरु
मुगु न्युज डट कम,
मंसिर १० मुगु--------------
कर्णाली एकिकृत ग्रामीण अनुसन्धान विकास केन्द्र किर्डाक मुगुद्धारा सञ्चालित समुदायमा आधारित विपद जोखिम न्युनिकरण कार्यक्रम अन्र्तगत सोमबार देखि स्थानीय गैर सरकारी संस्था र जिल्लामा क्रियाशील सञ्चारकर्मिहरुका लागि तिन दिने विपद व्यवस्थापन पैरवी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
गमगढीमा सुरु भएको अभिमुखिकरणमा विपद जोखिम न्युनिकरणका लागि सामाजिक समावेशिकरणका लागि पैरवी गर्ने , बञ्चितिकरणमा परेका व्यक्ति र समुदायको सहभागिता कसरी गर्न सकन्छ र पैरवी अभियान सञ्चालन गर्न क्षमता वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा विपद आउनु पुर्व , विपद परिरहेको वेला तथा विपद पछि के गर्न सकिन्छ र विपदमा परेको समुदायलाई कसरी सचेत बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । बुधवार सम्म सञ्चालन हुने कार्यक्रमका लागि सञ्चारकर्मि र गैर सरकारी संस्थाका एक दर्जन बढि सहभागि भएका छन ।
0 comments
बिचार लेख्नुहोस्..