समानुपातिकको मतगणना सम्पन्न , एमाले नै अगाडी


मुगु न्युज डट कम,
मंसिर ११ मुगु--------------------
 हालै सम्पन्न भएको संविधान सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना कार्य मंगलबार विहान सम्पन्न भएको छ । मत परिणाम अनुसार मुगु जिल्लामा नेकपा एमाले नै अगाडी आएको छ ।
 मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले सार्वजनिक गरेको समानुपातिक तर्फको मत परिणाम अनुसार नेकपा एमालेले ७ हजार ४ सय ४४ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले ६ हजार १ सय ३१ मत प्राप्त गरि दोस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै एमाओवादीले  १ हजार ८ सय ३५ ,अखण्ड नेपालले ४ सय ९८ र  राप्रपा मुगुले ४ सय ४९ मत प्राप्त गरेका छन ।
 प्रत्यक्ष निर्वाचन तर्फ नेकपा एमालेका मोहन बाँनियाले ८ हजार १ सय ४६ मतले विजयी पछ्याएका थिए भने नेपाली काँग्रेसका ऐन बहादुर शाहीले ६ हजार २ सय ५२ मत प्राप्त गरेर प्रतिद्धन्द्धी बनेको थिए ।त्यस्तै  एमाओवादीका सुकविर बुढाले १ हजार ८ सय ४३ मत ल्याएर तेस्रो स्थानमा आएका थिए ।


0 comments

बिचार लेख्नुहोस्..