हुम्लामा काँग्रेस विजयी, जुम्लामा एमाले अगाडी , डोल्पामा समानुपातीकको मत गणना सम्पन्न


मुगु न्युज डट कम,
मंसिर ८ मुगु-------------
हुम्लामा नेपाली काँग्रेसका जीवन बहादुर शाही संविधान सभा निर्वाचन २०७०को मतगणनाको अन्तिम नतिजा अनुसार विजयी बनेका छन ।  हुम्लामा खसेको कुल मत १८ हजार ९ सय २१ मध्य ८ हजार ३ सय ३२ मत ल्याएर विजयी बनेका हुन । उनका निकटतम प्रतिद्धन्द्धी  नेकपा एमालेका दल बहादुर रावलले ४ हजार ९ सय ३९ मत ल्याएका छन भने एमाओवादीका छक्क बहादुर लामाले ४ हजार ७ सय ६९ मत ल्याएका छन ।
उता जुम्लामा भने सिंजा भेकको मतगणना सकिएर  सदरमुकामका गाविसहरुको मत गणना सुरु भएको छ । अहिलेसम्म एमालेका पदम रोकायाले ६  हजार ३ सय ८४ मत ल्याएर अग्र पंक्तिमा रहेका छन भने नेपाली काँग्रेसका ललितजंग शाहीले ५ हजार ७ सय ५१ मत ल्याएका छन । त्यस्तै एमाओवादीले ४ हजार ३ सय ११ मत प्राप्त गरि तेस्रो स्थानमा रहेको छ ।
 उता डोल्पामा प्रत्यक्ष तर्फको मत परिणाम दुई दिन अगाडी नै घोषणा भई सकेको छ भने समानुपातिकको मत गणना पनि सकिएको छ ।  जसमा नेकपा एमालेले ५ हजार ३ सय १९ , एमाओवादीले ३ हजार १ सय ८९ र काँग्रेसले २ हजार २ सय ६६ मत ल्याएका छन ।

0 comments

बिचार लेख्नुहोस्..