समानुपाति निर्वाचनको मतगणना कार्य सुरु
मुगु न्युज डट कम
मंसिर ९ मुगु
संविधान सभा निर्वाचन २०७० को समानुपातिक निर्वाचन प्रणाली तर्फको मत गणना आईतबार अपरान्ह देखि सुरु भएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको मतगणना आईतवार विहान सकिएर मत परिणाम समेत घोषणा गरि सकिएको छ । समानुपातिक तर्फ २२ वटा दल सहभागि रहेका छन । समानुपातिक निर्वाचनमा २२ वटा दल रहे पनि प्रत्यक्ष तर्फ १७ दल मात्र थिए । प्रत्यक्ष निर्वाचनको मत परिणाम पछि अधिकाँश साना दलहरुले पुरानै पाटीलाई सर्मथन गर्न सुरु गरि सकेका छन ।
0 comments
बिचार लेख्नुहोस्..