मुगुबाट बाँनियाँ विजयी , १४ दलको जमानत जफत


मुगु न्युज डट कम
मुगु ९ मंसिर-----------
हालै सम्पन्न भएको निर्वाचनमा मुगुबाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका मोहन बाँनिया संविधानसभा सदस्यका लागी मुगुबाट  विजयी भएका छन ।
विजयी बाँनियाले ८ हजार ४ सय ४६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँगे्रसका ऐन बहादुर शाहीले ६ हजार २ सय ५२ मत प्राप्त गरेका थिए । एनेकपा माओवादीका सुकविर बुढाले १८ सय ४ मत प्राप्त गरे ।
एकमात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा २०६४ सालको निर्वाचनमा माओबादीका नवराज धामी १० हजार १ सय मतले विजयी भएका थिए ।
यो निर्वाचनमा मुगुबाट भाग लिएका १७ दलमध्य काँगे्रस,एमाले,र एमाओवादीले आफनो जमानत फीर्ता पाएका छन भने अन्य १४ दलहरुको जमानत जफत भएको छ ।
मुगुका २३,८१८ मतदाता मध्य १७,७८० मत खसेको थियो जसमा १७१८१ मत सदर भए भने ६२७ मत बदर भएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..