समानुपातिक निर्वाचनको मतगणना कार्य जारी, काँग्रेस अग्र स्थानमा
मुगु न्युज डट कम
मंसिर १० मुगु
संविधान सभा निर्वाचन २०७० को समानुपातिक निर्वाचन प्रणाली तर्फको मत गणना जारी रहेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको मतगणना आईतवार विहान सकिएर मत परिणाम समेत घोषणा गरि सकिए पछि आईतवार अपरान्ह देखि समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना सुरु गरिएको थियो । जारी मतगणनाका परिणाम अनुसार अहिलेसम्म नेपाली काँग्रेस ३ हजार ४ सय ५२ मतले अगाडी छ भने नेकपा एमाले ३ हजार १ सय ९४ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । त्यस्तै गरि एमाओवादीले अहिलेसम्म ५ सय मत प्राप्त गरेको छ । जिल्लाका २४ मध्य अहिलेसम्म गम भेक र करान भेकका १० वटा गाविसको मतगणना कार्य सकिएको छ भने सोरु र खत्याड भेकका १४ गाविस बाँकि रहेका छन ।
0 comments
बिचार लेख्नुहोस्..