प्रशासनले एकपक्षिय मुद्दा दर्ता गरेको काँग्रेसको आरोप


मुगु न्युज डट कम,
मंसिर १३ मुगु--------------------
 संविधान सभाको निर्वाचनमा काँग्रेस र एमाले कार्यकर्ताबीच भएका झडपका घटना सम्बन्धि मुद्दा जिल्ला प्रशासन कार्यालय मुगुले एक पक्षिय रुपमा एमालेका मुद्दा दर्ता गरेको काँग्रेसले आरोप लगाएको छ ।
आफ्ना कार्यकर्ता माथी एमाले कार्यकर्ताले कुटपिट गरेका दुई वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दिएको भए पनि एमालेलाई काखि च्याप्दै जिल्ला प्रशासन कार्यालय मुगुले एमाले कार्यकर्तालाई काँग्रेस कार्यकर्ताले कुटपिट गरेको एउटा उजुरी जिल्ला प्रहरी कार्यालयमा पुग्दा वितिकै प्रशासनले दर्ता गरेको भन्दै जिल्ला प्रशासन कार्यालय भित्र पुगेका काँग्रेस नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीलाई आफ्ना कार्यकर्ता कुटिएका मुद्दा पनि दर्ता गर्न दवाब दिएका छन । दवाब दिने क्रममा प्रमुख जिल्ला अधिकारी गिरीले ति मुद्दाबारे अनुसन्धान गर्ने र दर्ता गर्ने जिम्मा प्रहरीको भएकाले आफुलाई कुनै जानकारी नभएको बताए पछि बिहिबार काँग्रेस कार्यकर्ता र प्रमुख जिल्ला अधिकारी गिरीबीच हात हालाहालको स्थिती हुँदा केहि बेर तनाव भएको थियो ।
 संविधान सभा निर्वाचनका क्रममा मंसिर १ गते राती रोवा गाविसको झाकोट गाउँमा काँग्रेस कार्यकर्ता रामबहादुर बुढालाई गमगढी बजारबाट गएका एमाले कार्यकर्ताले कुटपिट गरेको , २ गते राती नार्थपु गाविस नार्थपु गाउँका काँग्रेस कार्यकर्ता खगेन्द्र शाही राती घरमा सुतिरहेको बेला एमाले कार्यकर्ताले कुटपिट गरेका र बुढाको मुद्दा मंसिर ६ गते जिल्ला प्रहरी कार्यालय मुगुमा तथा शाहीको मुद्दा ३ गते सोरुकोट प्रहरी चौकिमा निवेदन दिए पश्चात ११ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा पेश गरिए पनि दर्ता हुन नसकेको काँग्रेसले जनाएको छ । तर प्रत्यक्ष निर्वाचनको मत परिणाम घोषणा भएको मंसिर १० गते बेलुकि गमगढीमा एमाले कार्यकर्ता भैरव रोकाया र जगतबहादुर रोकायालाई काँग्रेस कार्यकर्ताले कुटपिट गरेको भनि जिल्ला प्रहरी कार्यालय मुगुमा दिईएको ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा प्रहरीले मंसिर १२ गते एक पक्षिय ढंगले दर्ता गरेको भन्दै काँग्रेसले आफ्ना कार्यकर्ता कुटिएका दुईवटा मुद्दा समेत दर्ता गर्न प्रशासनलाई दबाव दिएको छ ।
मुद्दा दर्ताका लागि दवाव दिन प्रशासन पुगेका काँग्रेस कार्यकर्तासंग विवाद बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी गिरीले सबै मुद्दा दर्ता हुने र अनुसन्धान गरि कानुन बमोजिम अगाढी बढ्ने बताए ।

0 comments

बिचार लेख्नुहोस्..