साढे चार करोडको अनुकुलन कार्यक्रम सञ्चालन हुदै


मुगु न्युज डट कम,
मंसिर १४ मुगु-----------------
 जल वायु परिवर्तनका कारण बढि प्रभावित हुन सक्ने जिल्लाका पाँच गाविसमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत साढे चार करोडको लगानीमा स्थानीय अनुकुलन कार्यक्रम सञ्चालन हुने भएको छ ।
 शुक्रबार जिल्ला विकास समिति मुगुले आयोजना गरेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम कार्यान्वयन सम्बन्धि जिल्ला स्तरिय अभिमुखिकरण गोष्ठीका क्रममा जिल्लाका रुगा, रोवा, माँग्री, जिमा र सुकाढिक गाविसमा जलवायु परिवर्तनले पार्न सक्ने असरलाई न्युनिकरण गर्न साढे चार करोडको कार्यक्रम सञ्चालन गरिने जानकारी गराईएको छ ।
 जल वायु परिवर्तनका कारण संकटमा रहेका गाविसको पहिचान गरि सञ्चालन हुन लागेको स्थानीय अनुकुलन कार्यक्रम अन्र्तगत लैंगिक तालीम, महिला सशक्तिकरण,सामाजिक समावेशीकरण, क्षमता अभिवृद्धि, प्राकृतिक तथा जैविक विविधताको संरक्षण, बैकल्पिक ऊर्जा प्रर्बद्धनका क्षेत्रमा कार्यक्रम लक्ष्यीत गरिने भएको छ । कार्यक्रमका लागि जिमा गाविसमा ७४ लाख २४ हजार , माँग्री गाविसमा ६२ लाख १८ हजार, रोवा गाविसमा ५६ लाख ३४ हजार , रुगा गाविसमा ६२ लाख ४४ हजार र सुकाढिक गाविसमा ८३ लाख ३३ हजार  गरेर ४ करोड ६० लाख ३३ हजार यस वर्ष खर्च गरिने स्थानीय अनुकुलन कार्यक्रम कार्यान्वयन  मुगुका कार्यक्रम अधिकृत दिनेश आचार्यले जानकारी दिए ।
वेलायती अन्तराष्ट्रिय सहयोग नियोग ( डि एफ आई डि) र युरोपियन संघ ( इयु ) को आर्थिक सहयोग तथा संयुक्त राष्ट संघ विकास नियोग ( यु एन डिपी ) को प्राविधिक सहयोगमा सञ्चालन हुने कार्यक्रमको अबधि सन २०१५ सम्म रहेको छ । तिन वर्षसम्म जलवायु परिवर्तनका क्षेत्रमा २८ करोड बढि खर्च हुने बताईएको छ ।
 पाँच गाविसका १ हजार ९ सय ९९ घर परिवार लाभान्वीत हुने लक्ष्य लिईएको कार्यक्रम सञ्चालनका लागि स्थानीय गैर सरकारी संस्था छनौठ गरि गाविस स्तरमा नै स्थानीय अनुकुलन समन्वय समिति समेत गठन गरिने छन । पाईलट प्रोजेक्टका रुपमा सुरु भएको यो कार्यक्रम सुदुर र मध्य पश्चिमका १४ वटा जिल्लामा सञ्चालन गर्न लागिएको र पछि देशका अन्य जिल्लामा समेत सञ्चाल हुने बताईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..