महिला हिंसा सम्बन्धि देउडा प्रतियोगिता सुरु
मुगु न्युज डट कम,
मंसिर १३ मुगु-------------------
सोमबार देखि सुरु भएको महिला हिंसा विरुद्धको सोह्र दिने अभियानका क्रममा बिहिबार देखि महिला हिंसा र छाउपडी प्रथा सम्बन्धि देउडा गीत प्रतियोगिता सुरु भएको छ ।
घर शान्ति नै विश्व शान्तिको आधार , दमनको प्रतिकार गरि महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ सुरु भएको अभियानका क्रममा बजार र गाउँमा समेत ¥याली निकालिएका छन । महिला तथा बालबालिका कार्यालयको समन्वय र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक नामक स्थानीय संस्थाको आयोजनामा बिहिवार देखि सुरु भएको महिला हिंसा विरुद्ध तथा छाउपडी प्रथा विरुद्ध जनचेतनामुलक जिल्ला स्तरिय खुला महिला देउडा गीत प्रतियोगितामा जिल्ला भरिका २३ वटा महिला समुह सहभागि भएका छन ।
प्रतियोगिताको सुरुको चरणमा गराईएको देउडा गीत प्रतिष्पर्धामा ११ वटा समुह बाहिरिएका छन । बाँकि १२ वटा समुह विच शुक्रबार प्रतिष्पर्धा गराईने आयोजकले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..