रकिसको बाजीले युवकको ज्यान गयो
मुगु न्युज डट कम,
मंसिर १५ मुगु--------------
जिल्लाको पश्चिम खत्याड भेकमा पर्ने गम्था गाविसमा रक्सि खान सक्ने नसक्ने भन्दै दुई युवा विच बाजी पर्दा एकजना युवाको ज्यान गएको छ ।
गम्था गाविस वडा नम्बर ८ स्थित थारा गाउँका २२ वर्षिय विर सिंह भियाल र २३ वर्षिय लुहारे विक विच पानी नमिसाएको रक्सि कसले बढि खान सक्छ भन्ने बाजी परे पछि सोही गाउँका स्थानीय पसले उपेन्द्र विकको पसलमा पानी नमिसाएको सिलबन्दि रक्सि खाँदा २२ वर्षिय भियालको मृत्यु भएको स्थानीयवासीले बताएका छन ।
जसले पानी नमिसाएको १० क्वाटर रक्सि खान सक्छ उसले खाएको रकम अर्कोले तिर्ने बाजी परे पछि भियालले सात क्वाटर रक्सि खाए पछि वेहोस भएका र थारा गाउँबाट माथिचौरमा रहेको निजी मेडिकलमा उपचार गर्न ल्याउदा ल्याउदै रगत बान्ता गरेर बिच बाटोमा नै मृत्यु भएको स्थानीयले बताए । मृत्यु पछि भियालको शवलाई जिल्ला अस्पतालमा पोष्ट मार्टमका ल्याईएको थियो भने पोष्टमार्टम पछि मृतकको शव जलाईएको छ । मृतकको विषयमा मृतकका परिवार र स्थानीयवासी कसैले पनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छैनन ।
0 comments
बिचार लेख्नुहोस्..