निजी विमान कम्पनिको मन परि÷ एक तर्फि हवाई भाडा सत्र हजार


मुगु न्युज डट कम,
मंसिर १५ मुगु --------------------
यात्रु चापको फाईदा उठाउदै मुगु स्थित रारा विमान स्थलमा उडान भर्ने निजी कम्पनिका जहाँजले मन परि भाडा असुल्न थाले पछि मुगु देखि व्यक्तिगत काममा र विरामी परि उपचार गर्न सुर्खेत, नेपालगञ्ज र राजधानी जाने यात्रुहरु मर्कामा परेका छन ।
 नेपालगञ्ज ,सुर्खेत देखि मुगु सम्मका लागि ६ हजार देखि १० हजार र मुगु देखि नेपालगञ्ज सुर्खेत सम्मका लागि ६ हजार देखि ८ हजारसम्म हवाई भाडा लिनु पर्ने भए पनि अहिले गोमा एयरको जहाँजले मुगु देखि सुर्खेत नेपालगञ्जसम्मको भाडा ८ हजार देखि १७ हजार अशुल्न थालेपछि विरामी र सर्व साधारण, विद्यार्थी मर्कामा परेका छन ।
 गोमा एयरले कहिले हुम्ला देखि टच फ्लाईट त कहिले यात्रु र लोड नभएकाले चार्टर उडान गर्नु पर्ने भन्दै १७ हजारसम्म एकतर्फि भाडा अशुल्न थाले पछि सर्वसाधारण मर्कामा परेका  परेका हुन । अहिले नेपाल वायु सेवा निगमको उडान हप्तामा मुश्किलले एक पटक हुने र तारा एयरको उडान पनि कमै हुने भएकाले गोमा एयरले मन परि भाडा अशुल गरिरहेको यात्रुहरुले बताएका छन । तारा एयर, काष्ठमण्डप , मकालु एयरले समेत चार्टर गर्नु परे १७ हजार नै लिन थालेको पनि सर्व साधारण र हवाई यात्रुको भनाई छ ।
 निजी कम्पनिका विमानहरुले मनपरि भाडा अशुल्न थालेको गुनासा आउन थालेपछि शनिवार सदरमुकाम गमगढीमा बसेको सर्व पक्षिय बैठकले तत्काल  हवाई भाडा घटाउन स्थानीय प्रशासनलाई आवश्यक पहल चाल्न अनुरोध गरेको छ भने सम्बन्धित विमान कम्पनिका कर्मचारीको मन परिलाई नियमन गर्न समेत आग्रह गरेको छ ।

0 comments

बिचार लेख्नुहोस्..