एड्स दिवस मनाईयो
मुगु न्युज डट कम
मुगु १६ मंसिर----------
डिसेम्बर १ तारिख अर्थात मंसिर १६ गते आईतवार विश्व एड्स दिवस देशभर विभिन्न कार्यक्रमका साथ यो दिवश मनाईरहदा मुगुमा पनि यो दिवश भव्यताका साथ मनाईएको छ ।
जिल्लाा स्वास्थ्य कार्यालय मुगुको आयोजनामा कर्णाली सामुदायीक विकास केन्द्र मुगु,आई एन एफ मुगु , यु एम एन मुगु ,इसाई समाज मुगु ,र एड्स लिङ्ग नेपालको आर्थीक सहयोगमा एच आई भी र एड्स सम्वन्धि जनचेतना मुलक विभिन्न कार्यक्रमको आयोजना गरी सदरमुकाम गमगढीमा यो दिवस मनाईएको छ ।
मुख्य गरी सर्वसाधारणले दिवशमा आधारित रहि मन्चन गरीएको डा्ईभर नामक सडक नाटक मन पराएका थिए । यो नाटकमा एड्स तथा यौन रोग भनेको के हो,यो कसरी सर्छ, बच्ने उपाए के के हुन,के गर्दा यो र्सदैन,रोगको उपचार कसरी गर्ने,कहाँ गर्ने,परामर्श कहाँबाट लिने र रोगीलाई कस्तो व्यवहार गर्ने भन्ने विषय वस्तु समेटेर हाँष्य शैलीमा स्थानिय भाषामा आधारित रहेर नाटक प्रदर्शन गरीएको थियो ।
आम्दा नेपालको आर्थीक सहयोगमा कर्णाली सामुदायीक विकास केन्द्र मुगुले जिल्ला भरीका २४ गाविसहरुमा एड्स तथा यौन रोग सम्वन्धि जनचेतना मुलक कार्यक्रम संचालन गदै आएको भए पनि आफना साथी शिक्षकहरुले पहिचान गरी थप उपचार र परामर्शका लागी रोगीहरुलाई जिल्ला अस्पताल मुगुमा पठाउने गरेको भए पनि जिल्लामा एच.आई.भी परिक्षण तथा परामर्श केन्द्र ज्त्ऋ नहुदा रागीहरुलाई समस्या हुने गरेको केसिडिसी मुगुका कार्यक्रम सुपरभाईजर हरि बहादुर शाहीले बताए ।
कामका लागी मुगालीहरु वर्षेनी जिल्ला बाहिर र छिमेकी देश भारतमा जाने भएकाले जानी नजानी यो रोग घरमा भित्रने भएकाले रोगीको पहिचान गरी उचित उपचार र परामर्शमा सवन्धित निकायले ध्यान दिनु पर्ने कार्यक्रममा सहभागी हरुले जोड दिएका थिए ।

0 comments
बिचार लेख्नुहोस्..