खत्याड भेगका सेरी र श्रीकोट गाबिसमा संचार बिहिन

मुगु न्युज डट कम
संबिधान सभा निर्बाचन हुन एक दिन बाँकि रहदा जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड भेगको सेरी र श्रीकोट गाबिसमा लामो समय देखि संचार बिहिन हुन पुगेको छ ।
 खत्याड भेगका सात गाबिसमा नेपाल टेलिकमको नमस्ते र स्काई मोबाईल सेवा संचालनमा आएको भएपनी दुई महिना देखि सेरी र श्रीकोट गाबिसका सर्ब साधरण भने संचार सेवा बाट बञ्चित हुन पुगेका छन भने संबिधान सभा निर्बाचन हुन एक दिन बाँकि रहदा त्यस क्षेत्रका मदानदान केन्द्रमा सम्बन्धित निकाय लाई संचार सम्र्पक गर्न हम्मे हम्मे परेको छ ।
श्रीकोट गाबिसमा रहेको नेपाल टेलिकमको स्काई र नमस्तेको टावर बिग्रेको दुई महिना भन्दा लामो समय बिति सक्दा पनि सम्बन्धित निकाय नेपाल टेलिकमले मर्मतका लागी कुनै चासो नदेखाएको त्यस क्षेत्रका बासिन्दाको गुनासो रहेको छ  भने एता संबिधान सभाको निर्बाचनको आ आफना निकायमा रिर्पोटिङ्ग गर्न मतदान केन्द्रका कर्मचारी लाई समस्या परेको छ भने संचारको माध्यम भनेको सुरक्षा निकायका संचार सेट बाहेक अरु कुनै माध्यम नभएको अबस्था रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..