हवाई भाडा घटाउन मुगालीको माग


मुगु न्युज डट कम,
मंसिर १६ मुगु-----------------
गएको हप्ता देखि नेपाल गञ्ज, सुर्खेत देखि मुगुको ताल्च विमान स्थलमा हवाई उडान गर्ने निजी कम्पनिका एउटा ईन्जिन भएका पिलाटस जहाजहरुले मन परि हवाई भाडा असुल गर्न थालेपछि स्थानीयवासी र यात्रुहरुलाई सुलभ सेवा प्रदान गर्न हवाई भाडा घटाउन माग गरिएको छ ।
हवाई भाडा मनपरि लिन थाले पछि शनिवार जिल्ला सदरमुकाम गमगढीमा बसेको सर्व पक्षिय बैठकले विमान स्थल हवाई सेवा अध्ययन तथा अनुगमन कार्यदल गठन गरिए पछि आईतवार विमान स्थलमा पुगेको कार्यदलको बैठकले मन परि हवाई भाडा असुली रहेका गोमा एयर, काष्ठ मण्डप र मकालु एयरलाई तत्काल तारा एयर र नेपाल बायु सेवा निगमका जहाजले लिने भाडासंग समायोजन गर्न सम्बन्धित जहाज कम्पनिलाई पत्र लेखि पठाउने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीको संयोजकत्वमा जिल्लाका राजनितिक दलहरु, उद्योगि व्यापारी , पत्रकार सम्मीलित कार्यदलले ताल्च विमान स्थलमा आईतवार जहाजका कर्मचारीहरुलाई राखेर छलफल समेत गरेको छ । बैठकले  टिकट  विक्रि काउण्टर सदरमुकाम गमगढीमा नहुँदा हवाई यात्रुहरुले सहज सेवा पाउन नसकेका, चार्टर र टच उडानका नाममा यात्रुबाट चर्को भाडा असुल भएको भन्दै ताल्च विमान स्थलमा हवाई उडान गर्ने सवै विमान कम्पनिका टिकट विक्रि काउण्टर गमगढीमा राख्ने र कुनै पनि बाहनामा चार्टर र टच उडान भर्न नदिने निर्णय कार्यदलका सदस्य डम्बरबहादुर विष्टले बताए  । तारा एयर र नेपाल बायु सेवा निगमका कर्मचारी बाहेक अन्य निजी विमानका कर्मचारीले नेपालगञ्ज र सुर्खेत देखि अहिले मुगुका लागि यात्रु तथा व्यापारीक र अन्य सामान नभएकाले सहुलियत उडान गर्न समस्या हुँदा चार्टर उडान गर्नु परेको बताए । हवाई जहाज चार्टर गर्ने यात्रुले विमान कम्पनिसंग स्वच्छाले मंहगो हवाई भाडा तिर्न सहमत हुने भएकाले नेपाल नागरिक उड्डयन कार्यालयले केहि गर्न नसक्ने ताल्च विमान स्थल स्थित नागरिक उड्यन कार्यालय मुगुका प्रमुख भिमदत्त पन्तले बताए ।


0 comments

बिचार लेख्नुहोस्..