निर्वाचनमा कर्मचारीले सुरक्षा पाउन नसकेको गुनासो


मुगु न्युज डट कम
मंसिर १६ मुगु
 मंसिर चार गते सम्पन्न भएको संविधान सभा निर्वाचनमा खटिएका कर्मचारीले मतदान सम्पन्न भएको बेलुकि देखि सुरक्षा पाउन नसकेको गुनासो गरेका छन ।
 आईतवार सम्पन्न भएको निर्वाचनको समिक्षा गोष्ठीमा सहभागि भएका निर्वाचनमा खटिएका मतदान अधिकृतहरुले निर्वाचन सम्पन्न हुनु अगाढी सुरक्षा राम्रो पाएको भए पनि मतदान कार्य सकिए पछि  मतपेटिका सुरक्षा कर्मिसंग पुगे पछि मतदान केन्द्रबाट हिडने नहिड्ने अनिश्चितता , मतपेटिकासंगै मतदान अधिकृतलाई समेत हेलिकप्टरबाट सदरमुकाम ल्याउने भने पनि अन्तिममा हेलिकप्टरले मतपेटिका मात्र उडाए पछि रातारात गरेर एक्लै सदरमुकाम तर्फ हिड्नु परेको सदरमुकाम बाहिर खटिएका मतदान अधिकृतले बताए ।
 निर्वाचन सुरक्षा रणनिती निकै सफल रहे पनि हेलिकप्टरमा मतदान अधिकृत र मतपेटिका ओसार्नका लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला निर्वाचन समन्वय समिति मार्फत निकै प्रयास गरिएको भए पनि मतदान अधिकृतले दुई तिन दिन लगाएर सदरमुकाम पुग्नु परेकोमा दुख लागे पनि यो त्रुटिलाई सहज ग्रहण गर्नु पर्ने जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए ।
 मत पेटिका र मतदान  अधिकृतलाई मतदान पछि हेलिकप्टर मार्फत सदरमुकाम गमगढी ल्याउने कार्यादेश निर्वाचन आयोगले नेपाली सेनालाई दिएको भए पनि हेलिकप्टर चालक र  जंगी शासनको हठका कारण निर्वाचनमा खटिएका कर्मचारीले दुख पाएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले खेद प्रकट गरे । साथै उनले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गरे ।
 निर्वाचनका लागि जिल्ला सदरमुकाम बाहिर खटिएका अनुगमन अधिकारीहरुले सवै मतदान केन्द्र पुग्न सुरक्षा संवेदनशीलताका कारण नसकिए पनि समग्रमा निर्वाचन सहज रुपमा सम्पन्न भएको बताएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..