छाउपडी प्रथा मुक्त गर्न ६ बुँदे मुगु घोषणा पत्र जारी÷प्रहरी प्रशासनद्धारा हस्ताक्षर गर्न अस्वीकार
मुगु न्युज डट कम,
मंसिर २५ मुगु----------------------
जिल्लामा व्याप्त रहेको छाउपडी प्रथालाई अन्त्य गर्दै महिला हिंसा न्युनिकरण गर्न मंगलबार ६ बुँदे मुगु घोषणा पत्र जारी गरिएको छ ।
घर शान्ति नै विश्व शान्तिको आधार, दमननको अन्त्य गर्दै महिला हिंसाको अन्त्य गरौ भन्ने मुल नाराका साथ चलेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा सहभागि भएका सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनीधी, अधिकारकर्मि, आमा समुहका पदाधिकारीहरुले जिल्लामा महिलाहरु महिनावारी हुँदा गोठमा वसाल्ने, दुध दहि ,घिउ लगायतका पोषिलो खाने कुरा खान नदिने, घर भित्र पसे देवता रिसाएर अनिष्ट हुने भन्दै घरबाट नै महिला हिंसा भईरहेको भन्दै छाउपडी प्रथा मुक्त गर्न ६ बुँदे मुगु घोषणा पत्र जारी गरेका हुन ।
जारी गरिएको घोषणा पत्रमा सदरमुकाम नजिक रहेको रोवा गाविसलाई आगामी छ महिना भित्र छाउपडी प्रथा मुक्त गाविस घोषणा गर्ने प्रतिबद्धता भईसकेको र यो अभियानलाई जिल्लाका २४ वटै गाविसमा अभियानका रुपमा सञ्चालन गरि मुगु जिल्लालाई नै छाउपडी प्रथा मुक्त जिल्ला घोषणा गर्ने लगायतका प्रतिबद्धता गरिएको छ ।
महिला तथा बालबालिका कार्यालय मुगुको अगुवाई तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्रको सहजीकरणमा जिल्लाका कार्कीवाडा, पिना, रोवा, रुगा र रारा गाविसमा छाउपडी प्रथा मुक्त गाविस घोषणा गर्ने गरि विभिन्न सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन भईरहेका छन ।
मंगलबार जारी गरिएको ६ बुँदे मुगु घोषणा पत्रमा अन्य सरकारी, गैर सरकारी, विभिन्न अधिकारकर्मिले हस्ताक्षर गरे पनि जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी, प्रहरी निरिक्षक मित्र आचार्य र राजनितिक दलले हस्ताक्षर गरेका छैनन । प्रमुख जिल्ला अधिकारी गिरीले १६ दिने लैंगिक हिंसा सम्बन्धि सरकारी कार्यक्रम भएकाले संघ संस्थाले जारी गरेको घोषणा पत्रमा हस्ताक्षर नगर्ने गर्नै पर्ने भए कार्यालयमा आउनु पर्ने बताए पछि प्रहरी निरिक्षक, काँग्रेस, एमाले र माओवादीका जिल्ला स्तरिय नेताले समेत घोषणा पत्रमा हस्ताक्षर गर्न नमानेका हिरिसडेकका अध्यक्ष मिन बहादुर रावलले बताए ।
0 comments
बिचार लेख्नुहोस्..