अधिकारकर्मिद्धारा प्रशासनमा ज्ञापन पत्र
मुगु न्युज डट कम,
मंसिर २४ मुगु---------------
जिल्लामा क्रियाशील अधिकारकर्मि , पत्रकारहरुले राष्ट संघका विशेष समाधिक्षकहरुलाई नेपाल भ्रमणका लागि आमनत्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय मुगु मार्फत अन्तरिम मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन ।
संसार भरका मानव अधिकार रक्षकहरुको अधिकार र उनीहरुको सुरक्षाका लागि मानव अधिकारको विश्व व्यापी घोषणा पत्र १९४८ जारी भएको पचास वर्ष पछि संयुक्त राष्ट संघले १९९८मा मानव अधिकार रक्षकको अधिकार सम्बन्धि घोषणा पत्र समेत जारी गरेको थियो । त्यो बेला देखि डिसेम्बर ९ मा मानव अधिकार रक्षक दिवश मनाईदै आएको छ । नेपालले पनि यि घोषणा पत्रमा हस्ताक्षर गरिरसकेको अवस्थामा संयुक्त राष्ट संघको समाधीक्षकको टोलीले नेपालमा क्रियाशील अधिकारकर्मि र पत्रकारहरुको सुरक्षाको अवस्था बारे अध्ययन गर्न धेरै पटक नेपाल आउने प्रयास गरे पनि अहिलेसम्म नेपाल सरकारले भ्रमणका लागि आमन्त्रण नदिएको भन्दै उनिहरुलाई भ्रमणका लागि आमन्त्रण गर्न अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी मार्फत ज्ञापन पत्र बुझाएका हुन । ईन्सेकका मुगु प्रतिनीधी जीबन सेजुवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपालमा विशेष गरि पत्रकारहरु असुरक्षित रहेका र सन् २०१२ मा मात्र नेपालमा २ सय ७६ जना मानव अधिकार रक्षकहरु माथी दुव्र्यवहार भएको र जसमा ८३ जना पत्रकारहरु रहेको उल्लेख छ ।
0 comments
बिचार लेख्नुहोस्..