मुगुमा गाडी पुगे पछि बस्तु विनिमयमा कमि


मुगु न्युज डट कम,,,,,
मंसिर २५ मुगु-----------------
 जिल्ला सदरमुकाम गमगढीमा गएको पौष महिना देखि गाडी चल्न थाले पछि जिल्लाको पुर्वि करान क्षेत्रका पाँचवटा गाविसका स्थानीयवासीले गर्दै आएको बस्तु विनिमय व्यापारमा कमि आएको छ ।
जिल्लामा गाडी नपुग्दै अगाडी बजारमा खाद्यन्न मंहगो पर्ने, खाद्यन्न अभाव  रहँदा करानका पाँच गाविस माँग्री, पुलु, किम्री, डोल्फु र मुगु गाविसका स्थानीयवासीले घोडा तथा चौरीमा ढिके नुन , जिम्मु तथा छुर्पी र अन्य व्यापारीक सामान जिल्ला भित्रका गाउँ वस्ती तथा छिमेकि जिल्ला बाजुरा र जुम्लाका गाउँ वस्तीमा पु¥याएर नुन दिएर धान चामल ल्याउने गरे पनि एक वर्ष यता जिल्लामा गाडी पुगे पछि सदरमुकाम गमगढीमा नै सहज र सुलभ मुल्यमा खाद्यन्न लगायत अन्य दैनिक उपभोग्य उपलब्ध हुन थाले पछि महिनौ दिन लगाएर छिमेकि जिल्ला जुम्ला र बाजुराका विभिन्न गाउँ वस्ती पुगेर नुनसंग धान चामल साट्नु पर्ने बाध्यता हटेको छ ।
 एक वर्ष अगाडी जुम्लाको सिंजा, मुगुको खत्याड तथा बाजुराका विभिन्न गाउँमा पुगेर नुनसंग धान चामल साटेर महिना दिन लगाएर खाद्यन्नको ल्याउदा निकै सास्ती व्यहार्नु परेको भन्दै माँग्री गाविस वडा नम्बर ५ का चुन्बा लामाले भने , पहिला खाद्य संस्थानमा चामल कम हुने र बजारमा पनि खाद्यन्न नपाईने हुँदा झोवा, चौरी, घोडा लिएर जुम्ला र बाजुरा पुगि नुनसंग चामल साटेर ल्याउनु पथ्र्यौ अहिले गमगढी बजारमा नै चामल किन्न पाउने भए पछि सहज भएको छ ।
 विगतमा नुनसंग धान र चामल साट्ने गरे पनि अहिले नुन साट्न नपाउँदा पैंसा जुटाएर चामल किन्नु पर्दा केहि दुख भएको माँग्री गाउँका कार्मा लामाले बताए । झोवा ल्याएर चामल लिन गमगढी बजार पुगेका उनले भने , तिस केजी चामलको १६ सय सम्म हालेर किनेका छौ ,विगतमा जुम्ला बाजुरा पुग्दा लामै समय लाग्ने गरेकोमा अहिले गाउँबाट गमगढी आउन जान जम्मा तिन दिन मात्र लागेको छ ।
२०६९ पौष १ गतेबाट नाग्म गमगढी सडकको निर्माण कार्य सुरु भई माल बाहक गाडी चल्न सुरु गरे पछि दैनिक उपभोग्य वस्तुको अभाव हटेर सहज रुपमा दैनिक खाद्य वस्तु तथा अन्य माल समान पनि सहज रुपमा उपलब्ध भईरहेको छ  भने सर्व साधारणले केहि राहत महसुश गरेका छन । अहिले दैनिक १५ देखि २० वटासम्म मालबाहक गाडी व्यापारिक सामान बोकेर सुर्खेत नेपालगञ्ज देखि मुगु सदरमुकाम गमगढी पुग्ने गरेका छन ।

0 comments

बिचार लेख्नुहोस्..