स्वास्थ्य संस्था बाट सेवाग्राहीले सेवा नपाएको गुनासो

मुगु न्युज डटकम
जिल्ला स्थित सात गाबिसका सेवा ग्राहीले भनेको बेला सेवा नपाएको एक गैर सरकारी संस्थाको प्रतिबेदनले जनाएको छ ।
 जिल्लाका सात गाबिसका स्वास्थ्य संस्थाको सामजिक जवाफ देहिताका लागी अन्तराष्ट्रिय सहयोग तथा अध्यन केन्द्र सिसि नेपालको सहयोगमा जिल्ला स्थित कार्यरत ग्रामिण संस्था जि एस एस द्धारा संचालित नागरिक अग्रसर्ताम सेवा प्रदायक सस्थाको सहभागिता मुलक अनुगमन कार्यक्रम अन्त्रर्गत जिल्ला स्थित सरोकारवाला निकाय संगको ज्ञान आदनप्रदान गोष्ठिमा स्वास्थ्य संस्था बाट सेवा ग्राहिले सेवा नपाएको बताएका छन ।
 जिल्लाका सात गाबिस हरुमा पिना, कार्किवाडा,श्रीनगर, कोटडाँडा,गम्था र ह्याङ्गलु गाबिसमा जि एस एस द्धारा संचालित नागरिक अग्रसर्ताम सेवा प्रदायक सस्थाको सहभागिता मुलक अनुगमन कार्यक्रम लागु भएपछी जेठ महिना देखि भने ति क्षेत्रका स्वास्थ्य संस्थामा भने केही परिवर्तन आएको भएपनि ति सस्थामा औषधि अभावले गर्दा सेवाग्राहीले सेवा नपाएको संस्थाको अनुगमन प्रतिबेदनले बताएको छ ।
 कार्यक्रम लागु भएका सात गाबिस मध्ये सेवाग्राही र सेवाप्रदायक बिच राम्रो समन्वय भएको कार्कीबाडा स्वास्थ्य चौकि रहेको छ भने सबै भन्दा कम रातापानि प्राथामिक स्वास्थ्य केन्द्र रहेको संस्थाका अध्यक्ष बल राम साहनिले बताए। उनका अनुसार पहिलेका भन्दा यि स्वास्थ्य संस्थामा सेवा प्रदायक र सेवाग्राही बिच राम्रो समन्वय रहेको भएपनि सम्बन्धित निकायको भने अनुगमन नरहेको देखिएको छ ।
 

0 comments

बिचार लेख्नुहोस्..