पर्यटन विकासका लागि पञ्च वर्षीय कार्ययोजना निर्माण गरिने


मुगु न्युज डट कम,
मुगु २८ मंसिर--------------
 जिल्लाको पर्यटन र पर्यटकिय क्षेत्रको विकास तथा प्रबद्र्धनका लागि  पाँच वर्षीय कार्य योजना निर्माण गरिने भएको छ ।
शुक्रबार सदरमुकाम गमगढीमा रारा राष्टिय निकुञ्ज कार्यालय मुगुको आयोजनामा भएको पहाडी संरक्षित क्षेत्रको प्रभावकारी व्यवस्थापन सम्बन्धि एक दिने कार्यशालामा सहभागि भएका सरोकार वालाहरुबाट पाँच वर्षे कार्य योजनाका लागि सुझाव संकलन गरिएको छ ।
 जिल्लामा रहेका पर्यटकिय क्षेत्र तथा रारा तालको विकासका लागि बर्षेनी लाखौं रकम आउने भए पनि सहि सदुपयोग हुन नसकि दुरुपयोग मात्र भएकोले  अब देखि पर्यटन विकासका लागि आउने रकममा एकद्धार प्रणाली अपनाउनु पर्ने नागरिक समाजका अध्यक्ष ज्ञानेन्द्र शाहीले बताए । राष्टिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले त्रिभुवन विश्व विद्यालय वनस्पति विभागका प्राध्यापक डाक्टर कृष्ण कुमार श्रेष्ठको टोलीलाई पञ्च वर्षिय कार्य योजना निर्माका लागि सुझाव संकलन गर्न मुगु पठाए पछि शुक्रबार सरोकारवाला निकायबाट सुझाव संकलन गरिएको हो ।
 कार्यशालामा रारा तालको जैविक विविधताको संरक्षण , पर्यटन विकास , मध्यवर्ति क्षेत्र आसपासका समुदायको  सामुदायिक विकास तथा जिविकोपार्जन सुधार लगायतका विषयमा छलफल भएको छ भने पर्यटन प्रबद्धन गर्न जनचेतना मुलक कार्यक्रम धार्मिक तथा स्थानीय कला, संस्कृति र सभ्यताको जर्गेना लगायतका क्षेत्रमा प्राथामिकता दिनु पर्ने सुझाव आएको प्राध्यापक डाक्टर श्रेष्ठले बताए ।
 विशेष गरि नेपाल पर्यटन बोर्ड, ताल विकास समिति , कर्णाली पर्यटन प्रर्बद्धन समिति जस्ता निकायबाट पहुँच भएका व्यक्तिले रारा ताल तथा राराको पर्यटन प्रबद्र्धन तथा विकासका लागि बर्षेनी लाखौ रकम जिल्लामा ल्याए पनि कुनै कार्यक्रम नै नगरि दुरुपयोग गर्ने र त्यस्तो कुरा कसैलाई पनि जानकारी नहुँने अब देखि त्यसरी आउने रकम जिल्ला विकास समिति वा रारा राष्टिय निकुञ्ज कार्यालय मार्फत आउनु पर्ने गरि कार्य योजनामा समेटन सुझाव आएको निकुञ्ज कार्यालय  खरिदार केशव जैसीले बताए ।

0 comments

बिचार लेख्नुहोस्..