गैर सरकारी संसथाको कार्यक्रमले स्थानीयवासीबीच विवाद
मुगु न्युज डट कम ,
मुगु ३० मंसिर---------------
ईन्टर नेशनल नेपाल फेलोसिप ( आई एन एफ) मुगु नामक गैर सरकारी संस्थाले जिल्लाको पश्चिम क्षेत्र खत्याडको सुकाढिक गाउँमा सामुदायिक स्वास्थ्य, पुर्वाधार विकास, सशक्तिकरण तथा अन्य आय आर्जन र सहयोग कार्यक्रम लागु गरे पछि स्थानीयवासी विच विवाद बढ्दै गएको छ ।
सकाढिक गाविस वडा नम्बर १ र २ सुकाढिक गाउँमा रहेका अपाङ्गलाई सहयोग गर्ने क्रममा विभेद र राजनितिकरण गरिएको भन्दै स्थानीयवासीहरुले आई एन एफको कार्यक्रम आफुलाई आवश्यक नरहेको बताएका हुन । यसै हप्ता वडा नम्बर १ का ६ बर्षिया विन्दु विष्टलाई पुर्ण अपाङ्ग रहेको भन्दै गाउँलेहरुको बैठक बसालेर २० हजार सहयोग गर्ने निर्णय गरे पनि केहि दिन पछाडी संस्थाका कर्मचारीले उक्त निर्णय विपरित वडा नम्बर २ निवासी ३० वर्षीया लुली जैसीलाई रकम दिए पछि स्थानीयवासी र संस्थाका कर्मचारीबीच विवाद बढेको हो । विष्ट जन्मजात पुर्ण अपाङ्ग भएको र बाहिर भित्र गर्दा बोकनु पर्ने तथा खाना पनि अरुले नै खुवाउनु पर्ने अवस्था छ भने जैसी आफै काम गर्न सक्ने र सुस्त मनस्थिती भएकि स्थानीय वासीले बताए ।
दुवै वडामा महिलाहरुका बचत समुह गरि मासिक बचत गर्ने गरे पनि सबै अबसर र सेवा सुविधा २ नम्बर वडालाई मात्र दिईएको उनिहरुले बताए । बाह्य जिल्ला भ्रमण कार्यक्रममा पनि दुई नम्बर वडाबाट लिएका उनिहरुको भनाई छ । यसरी संस्थाका सवै सेवा सुविधाबाट आफुलाई बञ्चित गरिएकोले अब देखि संस्थाका कुनै पनि कार्यक्रमलाई सहयोग नगर्ने १ वडाका स्थानीयवासीले बताए । आफुले समुदायलाई प्रदान गर्ने कार्यक्रममा विभेद नगरेको र संस्थाको गमगढी स्थित कार्यालयको निर्णय बमोजिम काम गरेको सुकाढिक हेर्ने गरि खटिएका संस्थाका कर्मचारी कविता गिरीले बताईन । समुदाय सवैलाई बराबरी सेवा सुविधा प्रदान गर्ने गरिएको तथा पुर्ण अपाङ्गलाई दिनु पर्ने सहयोग अरुलाई नै दिएको भन्ने विषयमा जिल्ला पुगेपछि छानविन गरि दोषीलाई कार्वाही गरिने आई एन एफ मुगुका प्रमुख राजेन्द्र सुनारले जानकारी दिए । उनले भने म अहिले जिल्ला बाहिर छु जिल्ला पुगेमा कसको कमि कमजोरी हो छानविन हुन्छ ।
0 comments
बिचार लेख्नुहोस्..