दर्जनांै लघु जलविद्युतको ६ करोड बढि अलपत्र- गरीवी निवारण कोषका आयोजना नै बढि


सुमन मल्ल...
मुगु ३० मंसिर--------
गाउँलाई अध्याँरोवाट उज्यालो पार्न जिल्लाको ग्रामिण वस्तीका खोलाको पानीवाट दुई दर्जन बढी स्थानमा लघु जल विद्युत आयोजना निर्माण गरिए पनि मर्मत संम्हार हुन नसक्दा आयोजनाको लागि लगानी गरिएको ६ करोड बढि रकम अलपत्र परेको छ भने यसरी मर्मत संम्हार हुन नसकि अलपत्र परेका लघु जल विद्युत आयोजना मध्य गरिवी निवारण कोषका आयोजना नै बढि रहेका छन ।
गरिवी निवारण कोषका २१ मध्य ८ वटा आयोजना चालु अवस्थामा छन त्यस्तै गरि  ऊर्जा विकासका खत्याड खोला ३२ किलोवाट, रिखियाँ २० किलो वाट र सुकाढिक ११ किलोवाट सञ्चालनमा छन भने दुर्गम क्षेत्र विकास समितिका तिन वटा आयोजना अलपत्र अवस्थामा छन । जिल्लामा लघु जल विद्युत आयोजना निर्माण पछि उपभोक्ता र लगानीकर्ताबिच समन्वय नहुँदा तथा उपभोक्ताले मर्मत संहार कोषको समेत व्यवस्था नहुँदा ६ करोड रकम खेर गएको जिल्ला विकास समितिले जनाएको छ ।  जिल्लामा रहेका यि आयोजनाको लागत न्युनतम १५ लाख देखि अधिकतम ७० लाखसम्म रहेको देखिन्छ ।
विगत बर्षहरुमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग र निजि क्षेत्रवाट संचालित  पेल्ट्रीकसेटद्रारा विद्युत उत्पादन गरीए पनी लामो समयसम्म विद्युत उत्पादनको लागी पेल्ट्रीकसेट टिकाउ नहँुदा विचैमा विग्रीए  पछी दर्जनौ लघु जलविद्युत आयोजनाहरु अलपत्र रहेका हुन । कतिपय आयोजना निर्माण गरिएका स्थानहरुको समेत निसाना छैन भने जिल्ला ऊर्जा तथा वातावरण शाखासंग समेत यस्ता आयोजनाको अभिलेख समेत छैन ।
 जिल्लाका हेर्नीकाँध,निगाले,नाउरखोला,झ्यारी, करानको छाईल,रिउस,सेरोग,मुगु ,कोटील्ला, तिर्प ,रोवा, कम्फा,मुर्मा ,खमाले, कालैमा चार वटा, धैनकोट दुई , सुम्लि, पाँपु ,आँसिधारा लगायतका गरेर जिल्ला भरिमा २७ वटा स्थानमा विद्युत निकाल्नको निम्ति पेल्ट्रीक सेटको प्रयोग गरेर लघु जलविद्युत संचालनमा ल्याएर गाउँलाई उज्यालो पारीए पनि उपभोक्ता,संचालक र सहयोगदाताद्धारा पुन निमार्ण तथा मर्मत संम्भार नहुदा वत्ती विना गाउँ नै अध्यारो हुन पुगेका छन । अलपत्र अवस्थामा रहेका लघु जलविद्युत  आँकडा हेर्दा करोडौ वजेट लगुजलविद्युतमा लगानी गरेको पाइए पनी यसको मर्मत अभावमा जिल्लाको वजेट वालुवामा पानी हाले जस्तो भएको छ  ।
सदरमुकाम नजिकैका गाउँ हेनीकाँध, निगाले कोटील्लामा पेल्टीसेटको माध्यमवाट विद्युत उत्पादन गरेर गाउँ उज्योलो पारीए पनि हाल यि वस्तीमा पेल्ट्रीकसेट विग्रीदा लघु जलविद्युत उत्पादन भएको स्थानमा विद्युत प्रसारण नगर्ने  भएका कारण सदरमुकामकै गमगाढ साना जलविद्युत आयोजनाको विद्युत वितरण केन्द्रले विद्युत दिन नमानेपछी यि गाउँका वासीन्दा अध्यारोमा वस्न वाध्य छन भने जिल्लामा अन्य पेल्ट्रीकसेटको प्रयोग वाट विद्युत उत्पादन गरीएका गाउँहरुका स्थानीयवासी दियालो वालेर वस्न वाध्य रहेका छन ।
 पेल्ट्रीक सेटको पुन मर्मत गर्न सहयोग कर्ताले चासो नदिने र स्थानिय वासीले आप्नै खर्च वाट मर्मत गर्न सक्ने आर्थीक अवस्था नभएकाले गाउँ अध्यारो र विधुतका मेशिनहरु अलपत्र अवस्थामा हुने गरेको हेनीकाँध गाउँका रङ्ग बहादुर कार्कीले बताए ।
गाउँमा अलपत्र अवस्थामा लघु जलविद्युत रहदाँ न्युन आय भएका  २ हजार भन्दा वढी घरधुरी अझै दियोलो वालेर वस्न वाध्य छन भने केही घरधुरीले वैकल्पीक उर्जा सौर्यपाताको प्रयोग  गरेर उज्योलो पारेको पाईए पनी  अधिकांश गाउँ अध्योरामा नै छन । यि गाउँका स्थानिय वासीन्दा दियालो वालेर २ वर्ष यता देखी वसेका छन । उता जिल्लामा उर्जा सम्वन्धि काम गर्ने संघ,संस्थाले पनी चासो राखेको पाईदैन भने स्थानिय विद्यालयमा अध्ययनरत वालवालिका दियालो र टुकीको भरमा  पढीरहेको पाईन्छ । दियालोको प्रयोगले स्थानिय स्तरमा रहेका वनजङ्गल नष्ट हुने अवस्थामा रहेका छन ।
 


0 comments

बिचार लेख्नुहोस्..