गाउँमा नै प्रसुति गृह बने पछि स्थानीयवासीमा खुसियाली
मुगु न्युज डट कम,
पौष १३ मुगु------
गाउँमा प्रसुति गृह निर्माण भई प्रसुति सेवा सञ्चालन हुन थाले पछि पिना गाविसका स्थानीयवासीहरुमा खुसियाली छाएको छ । गाविसमा प्रसुति गृह नहुँदा गर्भवती महिलालाई घरेलु प्रविधिद्धारा स्टेचर बनाएर तिन घण्टा लगाएर जिल्ला अस्पतालमा पु¥याउनु पर्ने , सुत्केरी वेथा लागि सकेपछि समयमा नै जिल्ला अस्पताल पुग्न नसक्दा गर्भवति महिलाको ज्यान खतरामा पर्ने जस्ता समस्या अब हट्ने तथा गाविस बासीले केहि राहत मिलेको महशुस भएको पिना गाविस वडा नम्बर १ का स्थानीय वासी एवं शिक्षक सलबहादुर रावलले बताए ।
विगतमा गर्भवति महिलाहरुलाई सुत्केरी वेथा लाग्दा गाउँमा नै परम्परागत शैलिमा सुत्केरी गराउनु परेको , यसरी सुत्केरी गराउँदा गाउँका सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्था जोखिममा पर्ने गरेकामा अब गाउँमा नै प्रसुति सेवा सञ्चालन हुँदा तिन चार घण्टा लगाएर जिल्ला अस्पताल पुग्नु पर्ने अवस्था हटेर गएको पिना गाविस वडा नम्बर ९ की स्थानीयवासी रेला शाहीले बताईन ।
पिना गाविस, नेपाल रेडक्रस सोसाईटी मुगु , यु एम एन मुगु र ड्रिलिप कार्यक्रमको २१ लाखको लगानीमा निर्माण भएको प्रसुति गृह भवनको शनिवार उद्घाटन गरिएको छ । रेडक्रसका केन्द्रीय कोषाध्यक्ष भक्त खवासद्धारा उद्घाटन गरिएको प्रसुति गृहमा एकै साथ दुई जना महिलालाई प्रसुति गराउन सकिने पिनाका स्थानीयवासी तथा रेडक्रस मुगुका उपाध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए । रेडक्रसले गृहका लागि चाहिने १२ लाख बढिका उपकरण समेत प्रदान गरेको छ । प्रसुति गृह निर्माण भई सेवा समेत सञ्चालनमा आईसकेको र गाविस भरिका ६ सय ५८ धर धुरी लाभान्वीत हुने स्वास्थ्य चौकि पिनाका ईन्चार्ज पदम बहादुर बुढाले बताए ।
0 comments
बिचार लेख्नुहोस्..