विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति चयन
मुगु न्युज डट कम,
पौष १३ मुगु-------------
निम्न माध्यामिक विद्यालय भारेकोट मुगुको विद्यालय व्यवस्थापन समितिमा नयाँ पदाधिकारीहरु सर्व सम्मत चयन गरिएको छ ।
शनिवार कार्कीवाडा वडा नम्बर १ देखि ४ र श्रीनगर १ देखि ४ सम्मका अभिभावकहरुको भेलाले तिन वर्षका लागि मिन बहादुर मल्लको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । सदस्यहरुमा रणबहादुर रावल, रिसिमकला भियाल र बच्चसिंह नेपाली सर्वसम्मत चयन भएका हुन । बाँकि रहेका सदस्यहरु नयाँ गठित समितिको बैठकले मनोनित गर्ने छ ।
जिल्ला शिक्षा कार्यालय मुगुका स्रोत व्यक्ति हिक्मत मल्लको उपस्थितिमा चयन गरिएको नयाँ कार्य समितिका अध्यक्ष मिन बहादुर मल्लले अबको तिन महिना देखि छ महिना भित्र विद्यालय सुधारका कुनै संकेत नदेखाउन सके पदबाट राजिनामा दिने प्रतिबद्धता व्यक्त गरे ।
सदरमुकामसंग जोडिएको तथा जिल्लाको सबै भन्दा पुरानो विद्यालय भए पनि व्यवस्थापकिय कमजोरी र भ्रष्टाचारका कारण विद्यालयको शैक्षिक अवस्था नाजुक बन्दै गएको छ भने नयाँ गठित व्यवस्थापन समितिले विद्यालयको सबै अवस्था सुधार गर्न सक्ने अपेक्षा अभिभावकले गरेका छन ।

0 comments
बिचार लेख्नुहोस्..