पुस्तकालय नहँुदा पाठकलाई समस्या
मुगु न्युज डट कम,
मुगु १ पौष---------------
जिल्ला स्वास्थ्य कार्यालय मुगुमा नयाँ अस्थायी दरवन्दीमा आएका डाक्टर रण बहादुर बोगटी जिल्लामा पुगेको केहि दिनमा गमगढी बजारमा रहेका स्टेशनरीशरुमा सेतो बाघ,जेल जर्नल,प्रयोगशाला जस्ता केहि पुराना केहि नयाँ पुस्तक पाईन्छ कि भन्दै खोज्दै हिडे । बजार भरीका सबै स्टेशनरी चर्हादा पनि कुनै पुस्तक नपाएपछि उनी जिल्लामा पुस्तकालय छन की भनेर खोजी नीती तिर लागे तर जिल्लामा पुस्तकालय पनि नभएको थाहा पाएपछि अध्यन गर्ने धोको पुरा गर्न नपाई आफनो कार्य स्थलमा फर्किए ।
डाक्टर बोगटी मात्र होईन फुर्सदको समय अध्ययन गरेर सदुपयोग गरौ भनेर कसैले सोच्छ भने त्यो बेला मुगुमा पढन चाहेको पुस्तक पाठकले पाउदैनन । मुगुमा पाठकले चाहेका बेला पुस्तक पढन पाउन भनेर पुस्तकालय नखोलीएका पनि होईनन तर उचित व्यवस्थापनको अभावमा ति पुस्तकालय बन्द भैसकेका छन ।
जिल्लामा सञ्चालित रारा शिक्षा क्याम्पस गमगढी र महादेव मष्टा चर्तुदेव क्याम्पस रातापानी दुईवटा शिक्षा क्याम्पस रहे पनि गतिल्ला पुस्तकालय छैनन । रारा शिक्षा क्याम्पसमा रहेको पुस्तकालयमा एक विषयको एक पुस्तक छ भने कतिपय विषयका पुस्तक नै छैनन । हेल्प नेपालले सहयोग गरेका पुस्तक मात्र रहेका र अन्य पुस्तक व्यवस्था गर्न नसक्दा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समस्या भएको छ । रातापानी क्याम्पसमा समेत उस्तै हाल छ । बजारमा समयमा पत्रपत्रिका नपुग्ने अन्य सञ्चारको पहुँच नभएको तथा एउटा पनि पुस्तकालय नहुँदा पुस्तक पढ्ने पारखिलाई निकै समस्या हुने गरेको छ ।
२०५२ सालमा मुगुमा सुष्मा कोईराला मेमोरियल ट्रष्टले जिल्ला सदरमुकाम गमगढीमा पुस्तकालय खोलेको थियो । यो पुस्तकालय ३ वर्षसम्म चलेपनि देशमा चलेको माओवादी दन्द्धको चपेटामा परि पुस्तकालयमा ट्ष्टबाट पुस्तक आउन छोडेपछि र आर्थीक अभावमा भाडामा लिएको घरको भाडा तिर्न र कार्यरत कर्मचारीलाई तलव दिन नसक्दा पुस्तकालय बन्द गर्नु परेको पुस्तकालय संचालक समितीका सचिव विनोद कुमार मल्ल बताए ।
टष्टद्धारा संचालित पुस्तकालय बन्द भएको दश बर्ष पछि २०६६ सालमा जिल्ला सदरमुकाम गमगढी मै विपि स्मृती प्रतिष्ठानद्धारा जिपी कोईराला लाईब्रेरी नामक अर्को पुस्तकालय स्थापना गरीयो यो पुस्तकालयले त सदस्यता समेत वितरण गरेर अस्थायी र स्थायी गरी दुई थरी सदस्यता वितरण गरेको थियो । यो पुस्तकालय सदस्य बाहेकका पाठकलाई पुस्तक दिदैनथ्यो । यो पुस्तकालयमा विभिन्न राजनितिज्ञ,केन्द्रिय पुस्तकालय,संघ सस्था र राजदुताबासहरुबाट पुस्तक सहयोग भए पनि लामो अबधिसम्म चल्न सकेन । विभिन्न निकायले पुस्तक सहयोग गरेपनि ढुवानी खर्च उपलव्ध नगर्दा ढुवानी समस्या,आफनै भवन नहुनु,जस्ता कारणले पुस्तकालय हाल बन्द रहेको तथा आफनै भवनका लागी सहयोगदाताको खोजी भै रहेकाले सहयोगी पाउने वित्तीकै पुस्तकालय पुन संचालनमा ल्याउने प्रतिष्ठान मुगु शाखाका अध्यक्ष केशर बहादुर शाही वताउ छन ।
0 comments
बिचार लेख्नुहोस्..