महिलाका मुद्धामा राजनैतिक रंग ,
मुगु न्युज डट कम,
मुगु १ पौष--------------
सन् २०१३ भरीमा जिल्लामा घटेका मानव अधिकार उलङ्गघनका घटनाहरु मध्य महिला अधिकार र बलत्कार तथा यौन दुव्र्यवहारका घटना अधिक रहेको सोमवार एक कार्यक्रममा वताईएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले सन २०१४ का लागि प्रकासन गर्ने मानव अधिकार वर्ष पुस्तकका लागि आयोजना गरिएको समिक्षा कार्यक्रममा सहभागि भएका अधिकांश सहभागिहरुले महिला हिंसा सम्बन्धि जिल्ला प्रहरी कार्यालयमा आउने मुद्दाहरु दर्ता नहुँदै राजनितिक दलहरुले मिलापत्र गर्नु पर्ने दवाब दिदा मुद्दा दर्ता हुन नसकेको बताएका थिए । मानव अधिकारका यस्ता मुद्दा पिडीतले जिप्रकामा दर्ता गराई सके पछि राजनितिक दलका नेताले मेलमिलाप गराउन पिडीत र पिडकलाई सहमति गराउँदा समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरज श्रेष्ठले बताए ।
यो वर्ष जिल्लामा २७ वटा विभिन्न मानव अधिकार उलंग्घनका घटना रहेका ईन्सेकका जिल्ला प्रतिनीधी जीवन सेजुवालले बताए । यस्ता घटना मध्य सबै भन्दा बढि ९ वटा बलत्कार र यौन दुव्र्यवहारका घटना छन भने ४ वटा महिला हिंसाका घटना रहेका छन । मानव अधिकार उलंघन गर्नेमा राजनितिक दलहरु नै अगाडी देखिएका छन । राज्यबाट २ वटा मानव अधिकारका घटना उलंग्घन गरिएको ईन्सेकको तथ्यांकले देखाएको छ । बाल अधिकार ३, स्वास्थ्य अधिकार ३ ,आर्थिक अधिकारका ३ वटा घटना रहेका छन ।
कार्यक्रममा जिल्ला अदालत मुगुका न्यायाधीश हरि प्रसाद शर्मा पंगेनीले कानुनी शासनको पुर्व शर्त नै मानब अधिकार भएकाले सबैले मानव अधिकारको पालना गर्नु पर्ने बताए ।
मानव अधिकार उलंग्घन हुनुमा राज्य र गैर राज्य पक्ष जिम्मेवार रहेको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताए ।
0 comments
बिचार लेख्नुहोस्..