कार्यालय प्रमुख विहिन बन्दै सरकारी कार्यालयहरु
मुगु न्युज डट कम,
मुगु ३० मंसिर-------------
संविधान सभा निर्वाचन २०७० सम्पन्न गराउन मंसिर दोस्रो सातासम्म जिल्लामा रहेका सरकारी कार्यालयका कार्यालय प्रमुखहरु अहिले धमाधम जिल्ला छोड्न थाले पछि जिल्लाका सरकारी कार्यालयहरु कार्यालय प्रमुख विहिन हुन थालेका छन ।
समबन्धित विभाग र मन्त्रालयमा काम परेको भन्दै कार्यालय प्रमुखहरु राजधानी तर्फ हिडे पछि कार्यालयका दैनिक कामकाज प्रभावित हुनुका साथै सेवाग्राहीले समेत सहज सेवा पाउन सकिरहेका छैनन । यसरी जिल्ला छोड्ने कार्यालय प्रमुखहरुमा जिल्ला विकास समिति मुगु, जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि विकास , पशु , स्वास्थ्य, प्राविधिक कार्यालय , मालपोत, टेलिकम लगायतका दर्जन कार्यालयहरु रहेका छन ।
कार्यालय प्रमुख तथा सरकारी कर्मचारीले जिल्ला छोड्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्ने भए पनि सम्बन्धित मनत्रालय र विभागको काज स्वीकृत गरि ल्याएका कारण प्रशासनको अनुमति नलिएरै कार्यालय प्रमुखहरुले जिल्ला छोडेको जिल्ला प्रशासन कार्यालय मुगुका सुचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताए ।
कार्यालय प्रमुख नहुँदा सवै भन्दा बढि जिविस, कृषी, स्वास्थ्य कार्यालयका काम र सेवा ग्राहीले निवेदन, सिफरिस बाहेक अन्य सेवा पाउन सकेका छैनन ।
0 comments
बिचार लेख्नुहोस्..