सिकाई आदान प्रदान कार्यशाला सम्पन्न
मुगु न्युज डट कम,
मुगु २ पौष-----------
गैर सरकारी संस्था महासंघ मुगु शाखाले सञ्चालन गरिरहेको आर्थिक तथा वित्तिय शासन सुधार सम्बन्धि कार्यक्रमको अन्तिम सिकाई आदान प्रदान कार्यशाला मंगलवार सम्पन्न भएको छ ।
जिल्लाका श्रीनगर, पिना, रोवा, माँग्री र पुलु गाविसमा महासंघले युरोपियन युनियनको आर्थिक सहयोगमा स्थानीय स्तरमा प्रवाह हुने सेवा सुविधा नागरिकले सहज रुपमा पाए नपाएको वकालत गर्न गाविस स्तरमा नागरिक निगरानी समिति र जिल्ला स्तरमा जिल्ला नागरिक सञ्जाल गठन गरि वकालत र पैरवी गर्ने काम गरिरहेको थियो ।
तिन वर्ष देखि सञ्चालित कार्यक्रमले स्थानीय स्तरमा स्थानीय निकायबाट प्रवाह गरिने सेवा सुविधाका वारे सेवा ग्राहीले आफै जानकारी लिन सक्ने भएका र सेवा प्रदायकले पनि सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्ने अवस्था बनेको महासंघले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..