मुल समिति सवलिकरण तथा नेतृत्व विकास तालीम सम्पन्न
मुगु न्युज डट कम,
पौष २ मुगु-----------------
जिल्लाका पाँचवटा गाविसमा गठन गरिएका गाविस स्तरिय मुल समितिका पदाधिकारीहरुका लागि तिन दिन देखि सञ्चालित मुल समिति सवलिकरण तथा नेतृत्व विकास सम्बन्धि तालीम मंगलबार सम्पन्न भएको छ ।
साहस नेपाल सिफल्स परियोजना मुगुले तिन वर्ष देखि जिल्लाका पुलु, किम्री, माँग्री , जिमा र कालै गाविसमा दिगो विकास तथा आय आर्जनका लागि सशक्तिकरण कार्यक्रमका लागि गाविस स्तरमा गठन गरिएका ४९ वटा समुहका पदाधिकारीहरुलाई मंसिर ३० गते देखि तालीम सञ्चालन गरेको थियो ।
तालीमका क्रममा सहभागिहरुलाई समुह समावेशी करण, समुहको कार्य योजना निर्माण, कोष सञ्चालनका लागि लेखा व्यवस्थापन तथा समाजको दिगो विकासको अवधारणा र सामुदायिक तथा व्यक्तिगत सरसफाई सम्बन्धि विषयहरु समावेश गरिएको सहास नेपाल मुगुका टिम लिडर चुडामणि पहाडीले बताए ।
तालीमका सहभागिहरुले तालीममा सिकेका कुरा समुदायमा गएर सिकाउने तथा अझै समुदायको सशक्तिकरणका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने धारणा राखेका थिए ।
दिगो विकासका लागि समुदाय आफै अघि बढ्न सकुन भन्ने परियोजनाको लक्ष्य अनुसार आय आर्जन, पुर्वाधार विकास तथा समुदाय सशक्तिकरण कार्यक्रम सञ्चालन भईरहेको र ६ वर्ष पछि परियोजना समुदायलाई हस्तान्त्रण गरिने सहास नेपाल मुगुले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..