सिलाजित निकाल्न खोज्दा भिरबाट खसेर एकको मृत्यु


मुगु न्युज डट कम ,
मुगु ७ पौष----------------
 जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भिई गाविसमा पर्ने बलाडी भन्ने स्थानमा सिलाजित निकाल्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
 भिरमा रहेको सिलाजित निकाल्न बाजुरा जिल्लाबाट आएका ६ जनाको समुह यसै हप्ता बलाडी पुगेका र शनिवार सिलाजित निकाल्ने क्रममा भिरबाट खसेर बाजुराको गोत्री गाविसका स्थानीयवासी नरजंग बुढाको मृत्यु भएको घटना स्थलमा पुगेको सोरुकोट प्रहरी चौंकिका ईन्चार्ज यज्ञराज भट्टले जानकारी दिए ।
 मृतक बुढाको शव भिरमा अड्किएको र घटना स्थल पुगेको प्रहरीले आईतवार दिउसो शव निकाले पनि मुचुल्का हुन बाँकि रहेको प्रहरी सहायक निरिक्षक भट्टले जानकारी दिए । मृतक बुढाको शव पोष्टमार्टम पछि मात्र बुझाईने बताईएको छ । जिल्लाबाट डाक्टर पठाउन र शव जिल्ला ल्याउन टाढा भएकाले समस्या हुने भएकाले रुगा खोकिको प्रकोप नियन्त्रण गर्न धैनकोट गाविस तर्फ गएका डाक्टर सुशान्त कडेंललाई त्यस तर्फ खटाउने तयारी भईरहेको बुझिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..