११ सदस्यीय विपद जोखिम व्यवस्थापन समिति गठन
मुगु न्युज डट कम,
पौष ७ मुगु-------------
विपद जोखिम व्यवस्थापन गर्नका लागि श्रीनगर गाविस वडा नम्बर ४ र ५ का स्थानीयवासी सम्मिलित वडा स्तरिय ११ सदस्यीय विपद जोखिम व्यवस्थापन समिति गठन गरिएको छ ।
आईतवार श्रीनगर गाविसमा भएको छलफल पछि पशुपति शाहीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । विभिन्न अवस्थामा आउने प्रकोप तथा विपद आउनु पुर्व विपद न्युनिकरण गर्न थालिने प्रयास, विपदका वेला गर्न सकिने उद्धार प्रयास तथा तरिका विपद पछि तत्काल गर्न सकिने राहत आदीका विषयमा समुदायलाई जानकारी गराउन सहज होस भन्ने उदेश्यका साथ समिति गठन गरिएको बताईएको छ ।
सबै भन्दा पहिले स्थानीय स्तरमा समिति गठन गरि समितिका पदाधिकारीहरुलाई विपद जोखिम व्यवस्थापन तथा न्युनिकरण गर्न सक्षम बनाउने र ति पदाधिकारीले समुदायमा सहजीकरण गर्दा भविश्यमा आई पर्ने जोखिम न्युनिकरण हुन सक्ने अपेक्षा गरिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..