छाउपडी प्रथा विरुद्ध रणतिकि कार्यशाला सुरु


मुगु न्युज डट कम,
मुगु ३ पौष ----
 जिल्लामा परम्परा देखि कुरितीका रुपमा कायम रहेको छाउपडी प्रथा अन्त्य गर्न बुधबार देखि रणनैतिक कार्याशाला गोष्ठी  सुरु भएको छ ।
राज्य सबलीकरण कार्यक्रम नेपालको आर्थिक सहयोग तथा हिमाली ग्रामिण युवा समाज विकास केन्द्र मुगुको आयोजनामा सरकारी निकाय राजनैतिक दल र नागरिक समाजका पदाधिकारीको सहभागिता रहेको गोष्ठीमा छाउपडी प्रथा उन्मुलन गर्न २४ वटै गाविस मार्फत सरकारी निती तथा कार्यक्रममा समावेश गर्ने र जिल्ला विकास समितिको परिषदबाट अनुमोदन गर्न राजनितिक दलका प्रतिनीधीले प्रतिबद्धता जनाएको संस्थाका अध्यक्ष मिन रावलले जानकारी दिए ।
 गोष्ठीको पहिलो दिन सहभागि विच अन्र्तरक्रिया र सुझाव संकलन गरिएको छ भने बिहिबार सहभागिहरुबीच छलफल गरि छाउपडी प्रथा अन्त्य गर्ने गरि रणनितिक कार्ययोजना निर्माण गरिने आयोजकले जनाएका छन ।

0 comments

बिचार लेख्नुहोस्..