रुघा खोकीको महामारीले चार जनाको ज्यान गयो
मुगु न्युज डट कम,
मुगु २ पौष-------------------------
जिल्ला सदरमुकाम देखी २ दिन पैदल यात्रा लाग्नेउत्तरी क्षेत्र्र ेभिई गाविसमा फैलिएको रुघा खोकिको महामारी फैलिदा गाविसका चार जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।
गएको डेढ हप्ता देखि फैलिएको रुघा खोकि र निमोनियाँको महामारीले भिई गाविस वडा नम्बर १ भिई गाँउका ६५ वर्षीय धनरुप सेजुवाल र सोही वडाका ६० वर्षीया बाँचु सेजुवालको मंसिर २७ गते मृत्यु भएको र मृत्यु भएका अन्य दुई जनाको पुर्ण जानकारी आई नसकेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर रणबहादुर बोगटीले जानकारी दिए । मृत्यु भएका दुवै जना सेजुवाल दम्पती हुन भने उनीहरुको एकै दिन मृत्यु भएको र दाहसंस्कार एकै साथ गरिएको बताईएको छ । उनीहरुको घरमा कोही नभएका र छोरा बुहारी कमाउनका लागी भारत तर्फ गएकाले मृतक सेजुवाल दम्पतीको दाह संस्कार गाउलेहरुले गरेको स्थानीयवासीले जानकारी दिएका छन ।
डाक्टर बोगटीका अनुसार सदरमुकाम गमगढी देखि महामारी प्रभावित क्षेत्र दुई दिन टाढा रहेकाले जानकारी आउन ढिलाई भएको हो । ढिलो गरि महामारी फैलिएको जानकारी आए पछि जिल्ला स्वास्थ्य कार्यालय मुगुबाट स्वास्थ्य साहेयकको े नेतृत्वमा चार जना स्वास्थ्यकर्मीको टोली महामारी फैलिएको क्षेत्रमा बुधवार खटाइसकेको डाक्टर वोगटीले जानकारी दिएका छन ।
स्थानियल वासीका अनुसार स्थानिय स्वास्थ्यचौकीमा दुई महिना देखी स्वास्थ्यकर्मी नहुदा रुगाखाकीको उपचार समयमा नर्गदा मृत्तकको ज्यान गएको भनाई छ ।
0 comments
बिचार लेख्नुहोस्..