रुघा खोकीको प्रभावित क्षेत्रमा औंषधी सहित स्वास्थ्यकर्मिको टोली पठाईयो


मुगु न्युज डट कम,
मुगु ३ पौष------------
जिल्ला सदरमुकाम देखी २ दिन  पैदल यात्रा लाग्नेउत्तरी क्षेत्र भिई र धैनकोट गाविसमा फैलिएको रुघा खोकिको महामारी नियन्त्रणका लागि बुधबार जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मिको टोली रुगा खोकि प्रभावित क्षेत्र तर्फ हिडेको छ ।
डाक्टर बोगटीका अनुसार सदरमुकाम गमगढी देखि महामारी प्रभावित क्षेत्र दुई दिन टाढा रहेकाले जानकारी आउन ढिलाई भएको हो । ढिलो गरि महामारी फैलिएको जानकारी आए पछि जिल्ला स्वास्थ्य कार्यालय मुगुबाट  डाक्टर प्रसान्त कँडेल सहितको चार जना स्वास्थ्यकर्मीको टोली महामारी फैलिएको क्षेत्रमा बुधवार  खटाइसकेको डाक्टर वोगटीले जानकारी दिएका छन ।
 भिई गाविसमा र धैनकोट गाविसमा हेर्ने गरेर १० दिनका लागि कार्यालयले स्वास्थ्यकर्मिको टोली खटाएको जनाएको छ । भिई गाविसमा वृद्ध वृद्धा ,बालबालिका बढि प्रभावित भएको बताईएको छ । धैनकोट गाविसमा डेढ सय वृद्धा वृद्ध, दुई सय जति बालबालिका रुघा खोकिबाट प्रभावित भएका र पैतिस बढिको अवस्था गभिम्र रहेको  धैनकोट गाविसका स्थानीयवासी रामजंग शाहीले बताए ।

0 comments

बिचार लेख्नुहोस्..