सडक सञ्चालनमा आए पछि मौसमि रोजगारीको श्रृजना


मुगु न्युज डट कम,
मंसिर १५ मुगु---------------
 लामो समय पछि अबरुद्ध भएको सडक सञ्चालनमा आएपछि जिल्ला सदरमुकाम गमगढी आसपासका स्थानीयवासीले अस्थायी रुपमा रोजगारीको अबसर पाएका छन ।
 सुर्खेत देखि गमगढी आई पुगेका मालबाहक गाडीबाट सामान झार्न व्यस्त देखिन्छन सदरमुकाम आसपासका गाउँका स्थानीय महिलाहरु । हिउँदको विहानीपखको चिसोमा गाडीबाट व्यापारिक सामान झार्दै श्रीनगर गाविस वडा नम्बर ६ कि जउलीसरा तिरुवाले भनिन यति नगरौ भने नुन, तेल, साबुन र बालबच्चालाई पढाई खर्च जुटाउन सकिदैन त्यसैले बिहानै गाडीको सामान झार्न लागेका हौ ।
 सुर्खेत देखि  मुगु सदरमुकामसम्म व्यापारिक सामान बोकेर आई पुगेका ट्याक्टरको सामान झार्ने व्यापारीको पसलसम्म बोक्ने यि दलित महिलाको रोजगारी नै भएको छ । यसरी गाडीबाट सामान झारेको चार सय पाउछन भने पसलसम्म पु¥याएको प्रति केजि एक रुपैयाँ पाउने गर्छन । गाडी नचल्दा विहान बजारमा दाउराका भारी ल्याएर बेच्ने घर फर्किएर चुल्हो चौको र घरायसी काममा व्यस्त हुने गरेको तर अहिले गाडी आएपछि घर खर्च, नुन तेल तथा बाल बच्चालाई पढाई खर्च सजिलै कमाउन सकिएको कार्कीवाडा ७ कि श्यामदेवी विकले बताईन । यसरी गाडीबाट सामान झार्ने र व्यापारीको पसलसम्म सामान पु¥याउने तिरुवा र विकसंग पाँच जना महिलाहरुको समुह नै छ ।
 सडक सञ्चालन भए देखि उनिहरु विहानै गमगढी बजार पुगिसकेका हुन्छन भने उज्यालो हुँदासाथ सामान बोकेर बजार पुगेका मालबाहक गाडीबाट सामान ओसार्न थाल्छन । यसरी उनिहरुले दैनिक तिन हजार देखि पाँच हजारसम्म सामुहिक कमाई गर्ने गरेको गमगढीका स्थानीय व्यापारी प्रेमबहादुर बुढाले बताए ।
 अहिले सुर्खेत देखि व्यापारीको सामान बोकेर गमगढीमा दैनिक दर्जन बढि मालबाहक गाडी पुग्ने गरेका छन । गमगढीका स्थानीय व्यापारीले हिमपात सुरु हुनु अगाढी नै चैत्रसम्म पुग्ने गरि दैनिक उपभोग्य वस्तु तथा अन्य व्यापारिक सामान ढुवानी गरिरहेका छन । अन्य व्यापारिक सामान हिमपात भए पनि तिन महिनासम्म पुग्ने गरि भण्डारण गरिएको भए पनि खाद्यन्न भने हिमपातले सडक अबरुद्ध भएमा दुई महिनासम्म मात्र पुग्न सक्ने रविन्द्र टे«डर्सका रवि रावतले बताए । उनले भने , बर्षाका कारण भर्खर मात्र सडक सञ्चालनमा आएको र अब हिमपात हुने समय पनि भएकाले सोचे जतिको खाद्यन्न र व्यापारिक सामान जिल्ला पुग्न सक्ने अवस्था छैन ।

0 comments

बिचार लेख्नुहोस्..