पहिलो चौमासिकको समिक्षा सुरु


मुगु न्युज डट कम,
मुगु १७ मंसिर--------------
 जिल्ला विकास समिति मुगुमा सोमबार देखि आर्थिक वर्ष २०७०। ०७१ को पहिलो चौमासिकमा सञ्चालन भएका योजना तथा कार्यक्रमको समिक्षा सुरु भएको छ ।
 जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायद्धारा चालु आर्थिक वर्षको पहिलो चार महिनामा सञ्चालन गरेका योजना तथा कार्यक्रमको समिक्षासंगै दोस्रो चौमासिकबाट जिविस मार्फत सञ्चालन हुने नयाँ कार्यक्रमहरु सामुदायिक सिंचाई योजना, ग्रामीण पहँच कार्यक्रम, स्थानीय अनुकुलन कार्यक्रमका विषयमा समेत छलफल भएको छ ।
 जिल्ला विकास समिति मुगुको आयोजनामा जिल्ला स्तरिय सहभागितात्मक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा सातौ जिल्ला परिषद हुनु अगाडी गाविस र ईलाका स्तरिय परिषदका प्रक्रिया र आर्थिक वर्ष २०७१ । ०७२ का लागि प्रस्तावित कार्यक्रम , बजेट , कार्यक्रमको योजना तर्जुमाका विषयमा समेत छलफल भएको स्थानीय विकास अधिकारी भरत गौतमले जानकारी दिए ।

0 comments

बिचार लेख्नुहोस्..