तिन दिने कुखुरा पालन तालीम सम्पन्न


मुगु न्युज डट कम,
६ पौष, मुगु ------------
 द्धन्द्ध प्रभावित  युवाहरुका लागि सदरमुकाम गमगढीमा सञ्चालित तिन दिने कुखुरा तथा खरायो पालन तालीम सम्पन्न भएको छ ।
साझेदारी सहयोग केन्द्र पेश नेपाल मुगुको आयोजना तथा कारिदास नेपाल, कारिदास सहयोग अष्टेलियाको सहयोगमा  पौष चार गते देखि सुरु भएको तालीमका क्रममा कुखुरा तथा खरायोमा लाग्ने रोग र रोगको पहिचान गरि उपचार गर्ने तरिकाका विषयमा तालीम सञ्चालन गरिएको तालीमका सहजकर्ता जिल्ला पशु सेवा कार्यालय मुगुका पशु प्राविधिक सहायक भिम चन्द्र बुढाले बताए ।
रुगा , रोवा र सेरी गाविसमा रहेका द्धन्द्ध प्रभावित युवाहरुलाई पुर्न मिलन गराउन तथा उनिहरुको आय आर्जनका कार्यक्रम सञ्चालन गरि उनिहरुको जिविकोपार्जनमा सुधार गर्ने उदेश्यले तालीम प्रदान गरिएको पेस नेपाल मुगुले जनाएको छ । तालीमका लागि तिन वटै गाविसमा गठित शान्ति युवा क्लबका १८ जना सहभागि भएको थियो ।


0 comments

बिचार लेख्नुहोस्..