प्रहरीले मुद्दा नबुझे पछि हुलाक मार्फत प्रशासनमा जाहेरी


मुगु न्युज डट कम,
मुगु ५ पौष---------------
संविधान सभाका निर्वाचनको भेला भएका कुटपीटका मुद्दा अहिलेसम्म पनि प्रहरीले दर्ता गर्न नमाने पछि शुक्रबार नार्थपु गाविसका स्थानीयवासी  खगेन्द्रबहादुर शाहीले हुलाक मार्फत जिल्ला प्रशासन कार्यालय मुगुमा पठाएका छन ।
गएको मंसिर दुई गते राती नार्थपु गाविस वडा नम्बर २ निवासी  शाही गुल्म भन्ने स्थानमा रहेको घरमा सुतिरहेको अवस्थामा सोही गाविस वडा नम्बर ३ निवासी बास्तोला शाही,राजेन्द्र शाही लगायतका ९ जनाले हातहतियार सहित आफु तथा आफनी श्रीमति चन्द्रा शाही र दुई वर्षका छोरालाई समेत कुटपीट गरेको  भन्दै शाहीले जिल्ला प्रहरी कार्यालय मुगुमा मंसिर १० गते मुद्दा पेश गरे पनि प्रहरीले निर्वाचनको वेला राजनितीक रुपमा भएको झै झगडा र सामान्य विवाद भन्दै मुद्दा दर्ता गर्न नमानेको शाहीले बताए । धेरै पटक प्रहरीलाई मुद्दा दर्ता गरिदिन आग्रह गरे पनि प्रहरीले नमाने पछि शुक्रबार हुलाक मार्फत मुद्दा जिल्ला प्रशासन कार्यालय पठाएको शाहीको भनाई छ ।
मुद्दा हुलाक मार्फत पठाए पछि बल्ल प्रहरीले छलफलका लागि जिप्रका आउन दर्जनौ पटक टेलिफोन गरिरहेको शाहीले बताए । जिल्लामा कानुनी उपचार पाउन नसकि अन्यायमा परेको भन्दै शाहीले राष्टिय मानव अधिकार आयोग ,आयोगको क्षेत्रिय कार्यालय नेपालगञ्ज,प्रहरी प्रधान तथा क्षेत्रिय कार्यालयमा समेत गुहारेका छन ।
शाहीले दिएको जाहेरी दर्ता गर्ने प्रकृतिको हो होईन दुवै पक्ष नबुझेर , छलफल नगरेर मुद्दा दर्ता गर्न नहुने भएकाले दुवै पक्षलाई छलफल गराउन खोजि रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरिक्षक मित्र बहादुर आचार्यले बताए ।  उनले भने , चुनावका बेला राजनितिका कारण कुटपीट भएको भन्ने छ पिडीतले आरोप लगायका व्यक्तिले आफु संलग्न नरहेको बताईरहेका र पिडीतले उनिहरु नै भएको दावी गर्न थालेपछि छलफल नगरेर मुद्दा दर्ता हुन सक्दैन ।


0 comments

बिचार लेख्नुहोस्..