स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मि नआउदा मेडिकलमा उपचार
मुगु न्युज डट कम ,
पौष ६ मुगु--------------------
जिल्लाको पश्चिम क्षेत्र खत्याड भेगको ह्याँग्लु गाविसमा रहेको स्वास्थ्य चौकिका स्वास्थ्यकर्मि स्वास्थ्य चौकिमा आउन छोडे पछि त्यहाँका स्थानीयवासीहरु निजी मेडिकलबाट औषधी किन्न र उपचार गराउन बाध्य भएका छन ।
ह्याँग्लु गाउँमा रहेको स्वास्थ्य चौकिका ईन्चार्ज टक्कबहादुर डाँगर महिनाको एक पटक मात्र स्वास्थ्य चौकिमा आउने गरेको तथा चौकिका ग्रामीण स्वास्थ्य कायृकर्ता चन्द्र बहादुर बुढाले स्वास्थ्य चौकिमा नगएर गाउँमा नै मेडिकल चलाएर बस्न थाले पछि स्वास्थ्य केनद्रमा पुग्ने विरामीले सामान्य परामर्श सेवा समेत पाउन नसकेको ह्याँग्लु वडा नम्बर ३ कि संगीता रोकायाले बताईन । उनले भनिन , गाउँमा स्वास्थ्य चौकि छ तर सधै बन्द हुन्छ । कर्मचारी आउदैनन, महिनाको एक चोटि आउने स्वास्थ्य कर्मि पुगेका वेला औंषधी समेत छैन भन्छन । हामी निजी मेडिकलमा औंषधी गर्न बाध्य छौ ।
चौकिमा कार्यरत ग्रास्वाका बुढा उहि गाउँमा भए पनि स्वास्थ्य चौकिमा नगएर आफ्नो मेडिकल मात्र चलाएर बस्ने गरेको स्थानीयवासीले बताएका छन । ह्याँग्लु गाविसबाट मात्र नभएर विरमीहरु छिमेकि जिल्ला बाजुराका रुगिन , बिच्छीयाबाट समेत विरामी आउने गरेका र स्वास्थ्यकर्मि नभेट्दा सुकाढिक , रातापानीमा सञ्चालन गरिएका निजी मेडिकलमा जाने गरेको स्थानीयहरु बताउछन । स्वास्थ्यकर्मि स्वास्थ्य केन्द्रमा नबसेको भन्ने कुरा बुझेर तत्काल स्थानीयवासीलाई स्वास्थ्य सेवा प्रवामा सहजता ल्याईने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..