महिला हिंसाले महिलामा पाठेघर खस्ने समस्या बढ्दो
मुगु न्युज डट कम,
मुगु २४ मंसिर----------------------
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला मुगु जिल्लाका प्राय महिलाहरुमा देखिने गरेको पाठेघर खस्ने समस्या महिला माथी गरीने हिंसाको प्रमुख कारण भएको सरोकारवालाहरुले बताएका छन ।
जिल्लामा महिला समवन्धी कार्यक्रम संचालन गदै आएको महिलाहरुद्धारा स्थापित गैर सरकारी संस्था कर्णाली एकिकृत महिला विकास मञ्चले १६ दिने महिला हिंसा विरुद्धको अभियानका क्रममा सोमवार जिल्ला सदरमुकाम गमगढीमा महिलासंग सम्वन्धित जिल्लामा कार्यक्रम संचालन गदै आएका सरकारी तथा गैर सरकारी संस्था तथा सरोकारवाला विच संचालन गरीएको महिलामा पाठेघर खस्ने समस्या महिला हिंसाको उपज विषयक अन्तरक्रियाका सहभागीहरुले महिला हिंसा कै कारण महिलाहरुमा यो समस्या देखिने गरेको स्विकारेका छन ।
कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता ज्ञवालीले के गाँउ के शहर सबै तिर यो समस्या महिलाहरुमा देखिने गरेको भए पनि हामो्र समाजले यो समस्या देखा परेका महिलालाई गन्हाउने,घाडो आएकी आईमाई भनेर होच्याउने,गिज्याउने गर्ने भएकाले हामा्र आमा ,दिदि,बहिनीहरु जती सुकै पिडा भएपनि सहेर बस्ने गरेको बताईन । ज्ञवालीले भनिन्, महिला तथा बालबालिका कार्यालयले जिल्लाका सबै गाविसमा महिला हिंसा, लैंगिक असमानता सम्बन्धि सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि न्युन बजेटका कारण अपेक्षित परिणाम आउन ढिलाई हुने गरेको छ ।
दुर्गम तथा ग्रामीण क्षेत्रमा खान पानको समस्या, कामको अत्याधिक बोझ, गरीबी अभाव , बर्षेनी बच्चा जन्माउने , घरमा नै असुरक्षित सुत्केरी गराउने कारणले पनि महिलाको पाठे घर खस्ने समस्या रहेको र यसले महिला हिंसाको कारण रहेको जिल्ला अस्पताल मुगुका डाक्टर रणबहादुर बोगटीले बताए । अहिले जिल्ला अस्पतालमा पाठे घर खसेका महिला आए पाठे घरमा राखिने रिङ्ग पेसरी राख्न नसकिने गरि बिग्रिएका डाक्टर बोगटीको भनाई छ ।
महिलाहरुले नै आफनो काममा सघाउन भन्दै छोरी छोरालाई नाती नातीना देख्ने रहरमा बाल विवाह गराउन सहयोग गर्ने,बुहारीलाई महिनावारी,सुत्केरी हँुदा आराम गर्न नदिएर काममा लगाउने, छिटो बच्चा नजन्माएमा छोरालाई सौता ल्याउन सघाउने गरेकाले महिला हिंसा अन्त गर्न र महिलामा देखापर्ने पाठेघर खस्ने समस्या घटाउन समस्या भएको कार्यक्रमका सहभागिले बताएका थिए । जहिले पनि सरकारी तथा गैर सरकारी निकायले प्रवाह गर्ने सबै खालका सेवा सुविधाहरु सदरमुकाममा र टाठा बाठा महिलाहरुले मात्र उपभोग गर्ने गरिरहेका तथा गाउँका महिला सेवा सुविधाबाट बञ्चित हुनु परेको कार्यक्रमका सहभागि सुर्य देवी मल्लले बताईन ।
0 comments
बिचार लेख्नुहोस्..